१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


कान्ति लोकपथमा पहिरो नै पहिरो


८ भाद्र २०७६, आइतबार  

0
Shares

भट्टेडाँडाको नयाँगाँउमा पहिरो पन्छाउदै डोजर ।

कान्तिलोक पथ सडकमा पहिरो नै पहिरो गएको छ । असारदेखि भदौं महिनामा झरिका कारण २६ ठाँउमा ठूला पहिरो गएको छ ।
कान्तिलोकपथ सडक आयोजनाका इन्जिनियर अमिन्द्र खड्काका अनुसार ललितपुरतर्फ तिनपाने, नयाँगाँउ भालुखोला बड्केभिर मासखोला काल्चेजस्ता दर्जनौं ठाँउमा पहिरो गएको छ । मकवानपुरगढी ठिङगनतर्फ पनि पहिरो जाँदा क्षति भएको छ । यी स्थानमा ३० भन्दा बढी ठाँउमा पहिरोले सडकलाई क्षति पु¥याउदा ३० करोड क्षति भएको उनले बताए ।
पहाडको बीचबाट फराकिलो सडक बनाउदा पहिरो जाने गरेको हो । ललितपुरको तिनपानेदेखि काल्चिेसम्म पहिरोको समस्या विकराल देखिएको छ ।
पहिरो निराकरणका लागि बनेपा बर्दिवास सडकझैं निर्माण गर्न कोरियन कम्पनीले सुझाव दिएको थियो । यस सडकमार्ग परिवर्तन गरेर तिनपाने, महाँकाल खोल्चा, इकुडोल, कलवन शिशा खानी हुँदै वगुवा निकाल्ने विषयमा चर्चा भए पनि कार्यान्वयन हुन सकेन ।
पहिरोको समस्या भाँक्रिडाँडादेखि छपेलीसम्म भएको इन्जिनियर खड्काले बताए । उनका अनुसार भालुखोला कार्कीबासमा ठाडोभिर रहेको कारण सडक विस्तारमा समस्या छ । सडकमाथि खन्दा पहिरो आउने, सडक मुनि पर्खाल लगाउने ठाँउ नहुँदा बाटो बढाउन समस्या छ ।
आयोजनाले टिकाभैरवदेखि भालुखोलासम्म सडक कालोपत्रे गरेको छ भने बगुवादेखि छपेलीतर्फका अधिकांश भुभाग कालोपत्रे भएको छ ।
यो सडक मर्मत गरेर शुचारु गर्न २०४८ सालदेखि नै शुरु भएको हो । २०४८ साल अघि लेलेको कोटडाँडासम्म मात्रै सडक सुचारु थियो । प्रजातन्त्र पुर्नवहालीपछिको सरकारले यो बाटोलाई प्राथमिकता दिएर मर्मत गर्दै आएको छ ।

कान्तिलोकप अन्र्तगत कालोपत्रे गरिएको ललितपुरको लेले काटडाँया सडकखण्ड ।


पहिरोले सडक निर्माणमा अवरोध भएपछि आयोजनाले पहिरो नियन्त्रणका लागि थप एक अर्ब सडक विभागसँग मागेको छ । पहिरो गएपछि इन्जिनियरहरूको अध्यनन टोलीको प्रतिवेदन पिछि पहिरो नियन्त्रण गर्न नयाँ प्रस्ताव पठाइएको हो ।
सडक निर्माणको जिम्मा लिने ठेकेदार कम्पनीले नै यो पहिरो गएको ठाँउको सडक पनि बनाउने सम्झौता छ ।
सरकारले आर्थिक वर्ष २०७१÷०७२ मा मुग्लिन नारायणघाट सडकको विकल्पमा छोटो मार्गको रुपमा बहुवर्षीय योजनामा राख्दै तीन अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
कान्ति लोकपथको ९० मध्ये ४५ किलोमिटर सडक कालोपत्र भएको छ भने २ अर्ब ५१ करोड खर्च भएको खड्काले जानकारी दिए ।

छपेलीस्थित कान्तिलोकपथ क्षेत्र । तस्विरहरुः ललितपुर खबर


राजा महेन्द्रको पालामा २०१३ सालबाट सडक निर्माण शुरु भई २०१६ सालमा यो सडक बनेको थियो । नेपाली सेनाले बनाएको यो बाटो राजा महेन्द्र उद्घाटनको क्रममा सातदोवाटोबाट आफैले गाडी चलाएर हेटौडासम्म पुगेका थिए ।
हेटौडाको बुद्धचोकदेखि ललितपुरको सातदोवाटोसम्म यो सडक जम्म ९२ किलो मिटर छ । सडक फराकिलो बनाउने क्रममा घुम्ति काटिएको हुँदा अहिले केही किलोमिटर घटेको अनुमान छ ।
कान्तिलोकपथलाई राजधानीबाट तराई पुग्ने छोटो राजमार्गको रुपमा लिइन्छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ८ : २९ बजे