१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको विद्युत् विस्तार ६ महिना अघि


१० भाद्र २०७६, मंगलबार  

0
Shares


१० भदौं ०७६, ललितपुर । दक्षिण ललितपुरमा सामुदायिक विद्युतीकरणका लागि सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रम चौथो फेजको काम सम्झौता समय अघि नै सकिने भएको छ । कार्यक्रमको ठेक्का पाएको रेणु कन्स्ट्रक्सनले सम्झौता समयअवधिको एक वर्ष ६ महिनामै काम सकिने भएको हो ।
गतफागुन ६ गते कार्यादेश प्राप्त गरेपछि सुरु भएको काम गतअसार अन्तिम साता अविरल वर्षासंगै आएको बाढी र पहिरोको कारण सडक सञ्जाललगायत अबरुद्ध भएपछि केही समय काम रोकिएको छ । प्राकृतिक विपत्तीका कारण सोचे जसरी काम नभएको भए पनि काम चाडै सकिने रेणु कन्स्ट्रक्सनका प्रमुख प्रमोद महासेठले जानकारी दिए । सडक पूर्णरूपमा मर्मत नहुँदासम्म लोड सामानहरु सम्बन्धित स्थानमा पुर्याउन कठिन भएका कारण कन्ट्रक्सनले योजना अनुसार काम सम्पन्न गर्न भने समस्या देखिएको हो । यद्यपि सडक बनेपछि काम शुरु गरि ६ महिना अघि नै काम सकिने गरि काम अघि बढ्न उनले बताए ।
गत २०७५ मङ्सिर १४ गते नेपाल विद्युत प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभाग र रेणु कन्स्ट्रक्सनबीच कार्यक्रमका लागि सम्झौता भएको थियो । यस कार्यक्रमको अंक १०० प्रतिशतअन्तर्गत ९ करोड ६० लाख ४७ हजार ९ सय ३ रुपयाँ रहेको छ भने १०० र ५० कार्यक्रमअन्तर्गत थप प्रतिशत थप गरी जम्मा ११ करोड ३७ लाख ६ हजार३ सय १३ रुपयाँको कार्यक्रम रहेको दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीका अध्यक्ष गोविन्द बजगाईंले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १० : ०८ बजे