१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


हराएका मानकृष्ण भेट्टिएपछि


१३ भाद्र २०७६, शुक्रबार  

0
Shares

चापागाँउ बुलुस्थित घर फर्किएपछि मानकृष्ण । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
१४ भदौं ०७६, चापागाँउ । गतभदौं ७ गते मन्दिर जान्छु भनी विहानै घरबाट निस्किएका चापागाँउ बुलुका मानकृष्ण ज्यापु मंगलबार राती घर आइपुगेका छन् । वावु हराएको पिर र चिन्ता विह्वल परिवार रातको २ बजे उनै मानकृष्णले ढोका ढक्ढकाएपछि हर्षित भएका छन् । घर आउदा उनको शरिरमा चोटै चोट थियो । कपडाभर माटो थियो ।

लेलेमा र्टासिएको सूचना ।


हराएका श्रीमान् एक्सासी मध्यरातमा घर आएपछि मनदेवि ज्यापुलाई सपना जस्तै लाग्यो ।
मानकृष्णका छोरा केशव महर्जनले कहाँ मात्रै खोजेनन् । उनीसँगै उनको साथीहरु पनि खोज्न लागि परे । हरेक दिन विहान मन्दिर जाने मानकृण खोज्न उनी लेले मनकामना, सन्तानेश्वर, तिलेश्वर, टिकाभैरवदेखि गुप्तेश्वर मन्दिरसम्म चाहारे । फेसबुकमा सूचना राखे । तर कतै भेटिएनन् ।

बाबु मानकृष्णसँग केशव महर्जन ।


लेले मन्दिरमा प्रत्यक्षदर्शीले भेटेको भनाई सुनेर केशवलाई आशा जागेको बताउछन् । उनी भन्छिन्, त्यसैले लेले वरपर हामीले मानिस हराएको सूचना टास्यौं । तर कसैले फोन गरेन ।
मानकृष्णको सम्झना शक्ति कमजोर छ । केही बर्षअघि घरको छाना छाउने क्रममा घरबाट लड्दा उनको सम्झना शक्ति कम हुँदै गयो । तर उनलाई मानसिक समस्या भने छैन ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १० : ५४ बजे