११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


पाटन औद्योगिक क्षेत्रमा फोहोरै फोहोर (स्थलगत)


१७ भाद्र २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता
१७ भदौं ०७६, लगनखेल । ललितपुर लगनखेलस्थित पाटन औद्योगिक क्षेत्र फोहोरै फोहोरले ढाकिएको देखिएको छ ।
पाटन औद्योगिक क्षेत्रका कायम मुकामयम प्रमुख प्रकाश खड्का औद्यागिक क्षेत्रमा फोहोर बढेको स्वीकार गर्दै भन्छन्, हामीले केही समयअघि उद्योगीहरुलाई बोलाएर उद्योग बाहिरको फोहोर र सामान हटाउन निर्देशन दिएका छौं । खड्काले सडक जिर्ण रहेकोले पनि पाटन औद्योगिक क्षेत्र अस्तव्यस्त बनेको वताए । उनका अनुसार वर्षाका कारण सडक निर्माण नभएको र मंगलबारबाट सडक निर्माण शुरु हुने वताए ।


औद्योगिक क्षेत्र १९३ रोपनी जग्गामा ११७ वटा स–साना उद्योग रहेका छन् । यहाँ बुटिक किसिमका हस्तकला र अन्य साना उद्योग मात्रै छन् ।

१. उद्योगबाहिर छरपस्ट सामान
औद्योगिक क्षेत्रको प्रवेशद्वार सँगै रहेको विरा फर्निचरले सडकमै टिम्बर राखेको छ । राजधानी डेरीअगाडि उद्योगबाट आएको पानी जम्दा हिलाम्मे सडक छ । उद्योगबाहिर पुराना फर्निचर र विग्रेका गाडी र मोटरसाइकललगायत विभिन्न सरसामान यत्रतत्र फ्याकिएका छन् ।

२.जीर्ण सडक
जिर्ण सडकका कारण पनि औद्योगिक क्षेत्र फोहोर देखिएको हो । जहाँत्याही सडक भत्केको छ । पानी जमेर सडकमा हिड्नै मुस्किल छ ।


३.झारपात
उद्योग वरपर वर्षाका कारण झारपात मौलाएको छ । उद्योगीहरुले उद्योग वरिपरि सरसफाई गरेका छैनन ।


४. सझावटको कमी
व्यवस्थापन समितीले उद्योग क्षेत्रभित्र फूलवारी व्यवस्थापन गरेको छैन । उद्योग परिसरमार रहेका धुपी काटेर सझाइएको छैन । कार्यालय वरपर झारै झार छन् ।


५. अव्यवस्थित पार्किङ्ग
उद्योग परिसरमा गाडीहरु पार्किङ्ग का कारण पनि औद्योगिक क्षेत्र अस्तव्यस्त छ । साधुरो जग्गा र उद्योगभित्र ठाँउ नहुँदा उद्योग बाहिरका सडकमा गाडीहरु रोकिरहेको देख्न सकिन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ९ : ३५ बजे