३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


राजको सफलताको राज – ‘मेहनत’


२७ भाद्र २०७६, शुक्रबार  

0
Shares

राज घिमिरे ।

सुपरहिट नेपाली चलचित्र ‘चपली हाइट’का नायक । यी सफल नायक राजको सफलताको राज के होला ?
राजको सफलताको राज उत्तिकै रोचक छ ।
गोदावरी नगरपालिकाको किटिनीमा जन्मे, राज । राजको दुःखद कथा यहाँबाट शुरु हुन्छ ।
उनको बाल्यकाल अत्यन्तै दुःखमा वित्यो । उनी मामा घरमा जन्मे, हुर्के । यद्यपी आजपर्यन्त मामा घरमै छन् ।
मामा घरमा जन्मनु उनको भाग्यकै खेल थियो, शायद । उनका बाबुले केही समयअघि परिवार छोडेर गए । मामाघरकी हजुरआमाको छत्रछायाँमा राज बाँच्न सिके ।
वाल्यकाल दुःखद यो अर्थमा थियो कि उनको मामा घरको परिवार पनि सामान्य स्तरको थियो । उनी त्यसताका गोदावरी गाँउमा मेलापातमा भौतारिन्थे
हुने विरुवाको चिल्लो पात भने झैं–उनी किटिनी कलेजमा २०५४ सालको प्लस टु टपर भए ।
परिस्थितीका दासी राजको जीवनमा एउटा तुफान आयो । उनको जीवनमा अनौठो हुरी चल्यो । त्यो जीन्दगीको क्षणले संसारै अन्धकारले छोपे झैं भयो । उनको परिवारको एक मात्र साहरा हजुरआमाको देहान्त हुन पुग्यो ।
राजको परिवार बेसहारा भयो ।
कमाउने उनका दाजु छुट्टै बस्न थाले । परिवारको सबै जिम्मेवारी उनकै काँदमा थियो । आर्थिक अभावका कारण उनले पढ्न पाएनन् । दिनभर काम गरेर पेट भरि खान पाए हुन्थ्यो भन्ने क्षण उनको जीवन धेरै पल्ट आए । भोको पेटमा उनले धेरै पल्ट चुल्हो चाहारे । ढिडोको पापडी चाखे ।
उनलाई ज्याला मजदुरी गर्दै आमा र भाई बहिनी पाल्न रमाइलो लाग्न थाल्यो । उनीले पढ्ने रहर भुल्न थाले । भन्छन्, जीवनको संर्घणका कथा यतिमै टुंगिएन । उनी पाटन अस्पताल अगाडिको सटरको चिया पसल माभाडा माझेको सम्झन्छन् ।
एक दिनको कुरा हो– राजको जीवनमा फेरि अर्को तुफान आयो । उनी चाउचाउ र दालमोठ साइकलमा बेच्न हिड्दै थिए । ललितपुरको ठेचोमा उनले आफूलाई पढाउने अर्जुन सिलवाल भेटे । उनले भने, ‘के गरेको राज यो तिमीले ?’ सिलवाल राजको हालत देखेर दुःखी भए ।
राजले परिस्थिती बताए ।
सिलवाल सरले चिया खुवाए अनि पढ्न सुझाए । पाटन क्याम्पसमा छात्रबृत्ति दिलाए । राजलाई पढ्न त रहर थियो । तर आमा कसरी पाल्ने ? भाई बहिनीलाई के खुवाउने उनको चिन्ताको विषय थियो ।


आम्दानी थिएन । त्यो बेला चाउचाउ बेच्दा दिनको १०÷२० रुपैयाँ मात्रै बोकेर फेर्कको धेरै दिन आएका थिए ।
अन्ततः उनी पढ्न राजी भए । विहान ट्युसन पढाउथे । दिउँसा क्याम्पस पढ्ने अनि साँझ जिम गर्थे । त्यसताका राजले हिरो बन्ने सपना पाल्न थालिसकेका थिए ।
फिल्म खेल्ने चक्करमा उनी सन्तोष पन्तको घर पुगे । घर भेट्टाउनै उनलाई २ दिन लाग्यो । फिल्म खेल्नेको लाइन लामो थियो। हट्टाकट्टा राज पहिलो लहरमै थिए । सन्तोष पन्तको नजरमा परे अनि टिलीफिल्म खेल्न पाए ।
हिरो बन्ने रहर त्यो टेलिफिल्मले पुरा गरेन । उनी निर्देशक तुलसी घिमिरेकोमा पुगे । तुलसी घिमिरेले भने,‘ हिरो बन्न जिम गर्नपर्छ नाच्न जान्न पर्छ ।’ उनी राज हरेक विहान जिम धाउन थाले ।
ट्युसन पढाउदा उनी टिभी हेर्थे । सधै एउटै गीत प्रोडक्सनका गीत हेर्थे राज – वाप प्रोडक्सन । उनले त्यो प्रोडक्सन खोजे । उनै स्वर्गीय आलोक नेम्वाङ्ग । जसले राजलाई नेपाली मोडलिङ्ग जगतमा डेव्यु गराए ।

स्व.आलोकलाई भेट्न राजलाई मुस्किल प¥यो । भेट्न नपाएपछि तस्विर छोडे । राजले टेलिफोनबाट हिरो बन्ने रहर स्व. नेम्वाङ्गलाई सुनाउने अर्को मौका जु¥यो ।
एक दिन राजको मोवाइलमा घण्टी बज्यो । त्यो घण्टी स्वर्गीय आलोक नेम्बाङ्गको थियो । उनले भेट्न चाहे ।
त्यसताका राजको भूईमा खुट्टै थिएन । राज भन्छन्,मैले स्व.नेम्वाङ्गलाई भेट्न जाँदा उनी ढोकै सम्म लिन आएका थिए ।
राजका रहर उनले गम्भिर भएर सुने । सुन्दर लक्का जवान राजलाई स्व. नेम्वाङ्गले पत्याइ सकेका थिए । राजले ‘सारा खुशी ….’ बोलको गीतमा मोडलिङ्ग गरे । राज भन्छिन्, ‘स्वगीय नेम्वाङ्ग मेरा गुरु थिए ।’


राजका दिन फिरे । उनले त्यसपछि पछाडि फर्केर हेर्नु परेको छैन । लगातार अरु ५ गीतमा उनको मोडलिङ्ग नेपाली संगीत जगतमा चर्चा योग्य काम थियो । उनले अरु धेरै गीतमा मोडलिङ्ग गरे ।
त्यसो त राजका सेञ्चुरी मसला, युएनमी,जोलिलगायत विज्ञापन टेलिभिजनमा घन्किन्छन् । निर्देशक दिपेन्द्र के खनालको चपली हाइटमा नायक अनुबन्दन हुनु आफ्नो करियरको राज टर्निङ्ग प्वाइट मान्छन् । उनको यो चलचित्र जीवनको कालकै सफल चलचित्र दरिन पुग्यो । उनी भिजलान्ते चलचित्रमा नायकको भूमिका निभाए ।
आजकल राज सामाजिक राजनीतिक भूमिकामा जीवन गुजारिरहेका छन् । उनी उद्यमतिर आर्कर्शित छन् । रिर्सोट,कृषि व्यावसायमा उनको लगाव छ ।
नेपाली सिने जगतमा राज फर्कने तरखरमा छन् । उनले राज प्रोडक्सन दर्ता गरिसकेका छन् । केही निर्देशकसँग कुराकानी चल्दै गरेको राज बताउछन् । भन्छन्,‘फिल्म बनाउन पनि सकिन्छ, खेल्न पनि । मेरो प्यास मेटिएको छैन । दर्शकको मायाँ भुलेको छैन ।’
राज सामाजिक जीवनमा पनि उत्तिकै सझिय छन् । चिने जानेका कोही विरामी पर्दा अस्पताल राज पुगेको भेटिन्छन् । मलामी,कोही घाइते हुँदा,चौकी अड्डा अदातल जहाँ पर्दा पनि उनी पुगेकै हुन्छन् ।
राज भन्छन्, समाजलाई राजनीतिले डोरिएको छ ।
राज आफ्नै मान्यतामा बाँचेका छन् । भन्छन्, ‘समाजसेवाको कुनै दायरा हुँदैन । सडकमा घाइते भएर लडिरहेको मान्छेलाई अस्पताल पु¥याउनु पनि समाजसेवा हो । घाइते,विरामीको सेवा गर्नु पनि समाज सेवा हो ।’
राजका आफ्नो गाडी विरामीको एम्बुलेन्स भंmै भएको छ । उनका गाडीले धेरै विरामी बोकेको छ । राज भन्छन्, गोदावरीका जो कोही विरामी अस्पताल लैजान राजले आजकल भ्याएकै छन् । गोदावरीका नदि सरसफाईमा राज सक्रिय रुपमा लागेका छन् ।
अन्ततः राज समाजलाई राजनीतिले डोहो¥याएको देखिरहेका छन् । राजनीतिमा असल मान्छे नहुँदा देश बर्बाद हुने तर्क गर्दै राजनीतीक जीवन शुरु गरेका छन् । उनी नेकपाका जिल्ला सदस्यको भूमिकामा आजकल सक्रिय छन् । निरन्तर मेहनत गरिरहेका छन् राज । आफ्नो सफलताको राज मेहनत हो भन्छन्, उनी ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ७ : ५० बजे