८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


डुकुछापको दनुवार बस्तीमा एउटै कुवा


२८ भाद्र २०७६, शनिबार  

0
Shares

लपु संवाददाता
२९ भदौं ०७६, डुकुछाप । डुकुछापका पूर्ण दनुवारको ढोकैमा कुवा छ । त्यो इनारमा विहानैदेखि पानी थाप्नेको भीड हुन्छ । त्यसैले उनी विहान पानी थाप्न पाउदैनन् ।
दनुवार भन्छन्, ‘घरमुनी विशाल वागमती बग्छ । हामीलाई तिर्खा मेटाउने धारा छैन ।’
स्थानीय मिनु दनुवारको सास्ती पनि उस्तै छ । १० बजेसम्म लाइन लाग्दा पनि पानी थाप्न नपाउदा दुःखी छिन् । भन्छिन्,‘घरको काम वितो हुन्छ । पानी खान कति लाइन बस्नु ।


स्थानीय तिर्थलाल दनुवार १० बजेसम्म कुवामा भीड लाग्ने बताउछन् । भन्छन्,‘घरकी बुढी पानी लिन गएपछि १० बजे आउछिन् ।’स्थानीय सर्मिला दनुवार कपडा धुन र नुहाउन उहि कुवाको भर रहेको बताउछिन् । भन्छिन्, ‘छिमेकीको इनारको पानी कहिले काँही तान्छु नत्र इनारमै लाइन लाग्ने हो ।’
स्थानीय तिर्थ दनुवारका अनुसार ललितपुरको तिनपाने जंगलबाट ल्याएको पानी माथिल्लो टोलमा बाँडिएको छ । बर्षामा त्यो पानी धमिलो हुँदा सबै यही कुवामा आइपुग्छन् । उनी भन्छन्,‘डुकुछापका ७० घर धुरी धारोविहीन छन् ।’


तिर्थ दनुवारका अनुसार गोदावरी नगरपालिका ८ को यो बस्तीमा हरेक वर्ष नेता भोट माग्न आउदा धारो हाल्दिने आश्वासन बाढ्छन् । तर बर्षैदेखि याँहा पानी आएको छैन ।
गोदावरी नगरपालिका ८ का वडाध्यक्ष शुकराम लामा यसै बर्ष ढुकुछापमा पानी लैजाने योजना रहेको बताउछन् । भन्छन् । खहरेमा ४४ लाख खर्चेर डिप बोरिङ्ग गरेका छौं । यस वर्ष २० लाखको पाइप खरिद भइसक्यो । मंसिरसम्म स्थानीयलाई पानी खुवाउछौं ।
उनका अनुसार अहिले ४ लाख लिटरको ट्याङ्गकी निर्माण गरिएको छ ।

उनका अनुसार डुकुछापका स्थानीयलाई राम्रोसँग पानी खुवाउन ४ करोड आवश्यक पर्छ । बजेटको खोजी भइरहेको र सथानीयबासीको पानीको समस्या समाधानको बाटोमा अघि बढेको बताए ।

 

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  १० : १३ बजे