६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोञ्ज्योसोममा डेंगु सचेतना


२९ भाद्र २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
२८ भाद्र ०७६, ललितपुर । नेपाल रेडक्रस सोसाइटी, ठैब उपशाखाको आयोजना तथा भारदेउ उपशाखाको सहआयोजनामा विश्व प्राथिमक उपचार दिवसको अवसरमा कोन्ज्योसोम गाउपालिकामा डेंगुरोगको जनचेतनामुलक कार्यक्रम गरिएको छ । कार्यक्रममा पानीजन्य रोगसम्वन्धि जनचेतना जगाउने क्रममा डेंगुरोगको जनचेतनामुलक कार्यक्रम गरिएको हो
कार्यक्रममा १३० भन्दा बढी सहभागीहरूलाई जीवनजल, अक्वाट्याव, पियुस, साबुनसँगै जनचेतनामुलक पर्चा पनि वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा ठैव युवा रेडक्रस सर्कलका स्वयमसेवकहरूको बाक्लो उपस्थिति रहेको थियो भने जिल्ला शाखाका निवर्तमान सभापति बेखामान व्यञ्जनकार, ठैब उपशाखाका सभापति हरि महर्जन र सदस्य दिनेश श्रेष्ठ, भारदेव उपशाखाका सभापति मिलन तामाङ्गको सहभागिता थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ८ : ५७ बजे