६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ताम्राकार फुटसलको चौथो संस्करण असोज ४ देखि


३० भाद्र २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
३० भदौ ०७६, जावलाखेल । ताम्राकार फुटसलको चौथो संस्करणको लागि आइतबार ललितपुरको जावलाखेलस्थित ताम्राकार भवनमाआयोजित विषेश कार्यक्रममा खेलाडीहरुलाई जर्सी हस्तान्तरण गरिएको छ । यही आश्विन ४ र ११ गते शनिबारका दिन सानेपास्थित फिल्ड फुटसल ग्राउण्डमा फुटसलको आयोजना हुन लागेको हो यस संस्करणको फुटसलको मुख्य प्रायोजन द ब्रिटिस कलेजले गरेको छ । फुटसल खेलका आयोजक संस्था ताम्राकार समाजका अध्यक्ष रविन्द्रराज ताम्राकारका अनुसार खेल विहान ८ बेलुका ५ बजेसम्म
हुनेछ ।

ताम्रकार फुटसलको चौथो संस्करणमा विभिन्न आठवटा उद्योग र कम्पनीहरुले टिमको प्रायोजन गरेका छन् । यप्रायोजन गरेका कम्पनी कै नामबाट टिमको नाम कायम रहने उक्त प्रतियोगितामा ललितपुरका विभिन्न समाजका साठी भन्दा बढी खेलाडीहरुलाई जर्सी हस्तान्तरण गरिएको थियो । टिम प्रायोजन गर्ने वि.के.सुन चाँदी पसल, भैरवनाथ आइरण इण्डष्ट्री, दिल ह्याण्डी क्राफ्ट, करुणामय मेटल क्राफ्ट, ताम्र मेटल वर्क, गेन्ज ग्यारेज, ओरियन इलेक्ट्रीकल, टेकम्याकस टाइगरको नाममा जर्सीमा नाम अंकित छ रहेको ताम्राकार समाजका अध्यक्ष रविन्द्र ताम्राकारले जानकारी दिए । गएको तेश्रो संसकरणको करुणामय मेटल क्राफ्ट विजेता रहेको थियो ।

यस पल्टाको विजेता तथा उप विजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका लागी करीब साढे चार लाख जति खर्च हुने आयोजकको दावी छ ।
ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिबाट आयोजित यस प्रतियोगिताको लागी प्रायोजित कम्पनीहरुबाट खेलाडी छनौट, जर्सी वितरण, प्राक्टीस म्याच वितरणसँगै खेल तालिका पनि निकालिएको थियो । यस प्रतियोगिता अवधिमा अण्डर १४, महिला खुल्ला तथा भेट्रान टिमले पनि प्रतिस्प्रधा गर्ने छन । यस प्रतियोगिताका अन्य प्रायोजकहरुमा एभरेष्ट बैंक, राइट एण्ड एशोशियट, अयला रेष्टुरेन्ट,सिटी ह्याण्डीक्राफ्ट, माइलस्टोन कन्सल्टान्ट, उत्तम चिया, मोलिस कलेज, प्रगति आदर्श स्कूल, वेलीजा स्टूडियो, एम्बीयन्स रेष्टूरेन्ट, दरबार रेष्टूरेन्ट, टिप्सी मंकी रेष्टूरेन्ट रहेका छन ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १२ : २९ बजे