६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पढ्न र सिक्न चाहन्छन् ललितपुरका अपागंता हुनेहरु


१ आश्विन २०७६, बुधबार  

0
Shares

परिचय पत्र वितरण गर्दै उपमेयर गिता सत्याल ।

१ असोज ०७६, ललितपुर । नङमा घाउ आएपछि विनोद खत्री आफै हिड्डुल गर्न सक्दैनन् । घाउले । उनको कम्मर र गोडा दुखायो । उनका बाबुले उपचार गराउन धेरै डाक्टर कहाँ पु¥याए । तर , केही लागेन । २२ वर्षका विनोद सीप सिक्न चाहन्छन् । उनलाई कम्प्युटर सिक्न मन छ । कम्प्युटरमा काम गर्न उनलाई सजिलो हुने बताउँदै विनोदले भने, ‘ त्यस्तो तालिम पाए लिन्थेँ ।’महानगरकी उपप्रमुख तथा अपगंता परिचय पत्र वितरण स्थानीय समन्वय समितिकी संयोजक गीता सत्यालले यो तथ्यांकले कार्यक्रम तर्जुमा गर्नु सहयोग गर्ने बताइन् ।
सिसम महर्जनको डेढ वर्षमा नै घुडा मुनिको भाग काट्नु प¥यो । सिसमकी आमाले मासु पलाएपछि उनलाई डाक्टरकोमा जचाउन लगिन् । उनका हातका औंला बङ्गिएका छन् । सुनाकोठीको नवसुर्योदय विद्यालयकी विद्यार्थी उनलाई धेरै पढ्न मन छ । अपागंता भएकालाई परिचय पत्र दिन ललितपुर महानगरपालिकाले संचालन गरेको शिविरमा उनले निलो कार्ड अर्थात ख वर्गको कार्ड लिएकी छिन् । महानगरकी उपप्रमुख गीता सत्यालबाट कार्ड लिएकी उनले भनिन्, ‘मलाई त धेरै पढेर शिक्षिका बन्न मन छ ।’
ललितपुर महानगरले अपागंता भएकाहरुको तथ्यांक संकलन गर्न अहिले विभिन्न वडाहरुमा शिविर संचालन गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत महानगरको वडा २६ र २७ मा मंगलबार कार्ड वितरण गरिएको थियो ।
अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को दफा ४२ अनुसार अपागंता परिचय पत्र वितरण गर्ने समेत कार्यका लागि गठित स्थानीय समन्वय समितिको संयोजक नगर उपप्रमुख हुने व्यवस्था छ ।


शिविरमामा ४० जना परिचय पत्र लिएको बताउँछिन् महानगरपालिकाकी प्रमुख महिला विकास अधिकृत महेश्वरी विष्ट रावल । उनी भन्छिन्, ‘ कुन परिचय पत्र दिने केहीमा प्रष्ट भएको छैन, त्यसलाई हामी छलफल गरेर टुङग्याउँछौ । ’
ललितपुर जिल्ला समन्वय समिति सदस्य बेली डंगोल यस्ता शिविरले अपागंता भएकाहरुको वास्तविक तथ्यांक पत्ता लाग्ने बताइन् । उनले भनिन् ‘उहाँहरुको अवस्था थाहा पाउन सजिलो हुन्छ , कार्यक्रम तर्जुमा गर्न यसले सहयोग गर्छ । ’ डंगोलले अपागंता भएकाहरुलाई परिवार र समाजले गर्ने व्यवहार अत्यन्तै महत्वपूर्ण हुने बताउँदै वडा २६ र २७ले संयुक्त रुपमा डे केयर सेन्टर संचालन गर्न सुझाव दिइन् ।
अपागंता परिचय पत्र रातो, निलो, पहेंला र सेतो गरी चार किसिमका हुन्छन् । रातो कार्ड पूर्ण अशक्तलाई दिइन्छ । निलो अलि अशक्त ,पहेलों मध्यम र सेतो साधारणलाई दिइन्छ । रातो र निलो कार्ड पाउनेले सुविधा सहित मासिक भत्ता पाउँछन् भने पहेंलो र सेतो कार्ड पाउनेलाई भत्ताको व्यवस्था छैन ।
ललितपुर महानगरपालिकाले असार २५ गतेदेखि अपागंता भएकालाई परिचयपत्र वितरण गर्न सुरु गरेको थियो । हालसम्मको तथ्यांक अनुसार महानगरभित्र १ सय ६१ जनाले अपागंता परिचयपत्र लिएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ८ : ५५ बजे