१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको विजुली हेटौडा लगिने


३ आश्विन २०७६, शुक्रबार  

0
Shares


३ असोज ०७६, ललितपुर । दक्षिण ललितपुरको भट्टेडाँडास्थित ठोस्ने र टुंगुन खोलाको पानीबाट निर्मित खानी खोला विद्युत् आयोजनाको विजुलीे विद्युतगृहदेखि ७ किलोमिटर नजिक माण्डु सबस्टेसन आयोजनामा जोडिने भएको छ । विद्युत् प्राधिकरणले खानी खोला जलविद्युत् आयोजनालाई पत्र पठाएर माण्डु जलविद्युत् आयोजनाको सवस्टेशनमा जोड्न लागेको हो ।
खानी खोला जलविद्युतका अध्यक्ष विजय मान शेरचनका अनुसार यहि कार्तिक भित्र माण्डुमा जोडिनेछ । विद्युत् लाइन जोडिएपछि खानी खोलाको सबै विजुली नेपाल प्राधिरणले किन्न सक्नेछ ।
मण्डुले आफ्नो विजुली बिक्रि गर्न आफैले इपादेखि हेटौडासम्म प्रशारणलाइन बनाइसकेको छ ।
विद्युत् आयोजना स्थलबाट ३४ किलोमिटर टाढा मातातिर्थ सवस्टेशनसम्म को प्रशारण लाइन ठेकेदार कम्पनीले समयमै लाइन बनाउन नसक्दा प्राधिकरणले यो विकल्प दिएको हो ।
शेरचनका अनुसार यसअघि ६७ प्रतिशत विजुली खेर गएको थियो । विद्युत् प्राधिकरणले सिधै विजुलीको लाइनमा जोडेर पठाउदा पुरै विजुली खपत हुन नसकेको हो ।
विजुली खेर जाँदा आयोजनाको घाटा बढेको भने अहिलेसम्म शेयर धनीलाई लाभाशं दिन नसक्दा शेयर मूल्य घटेर ५४ रुपैयाँमा पुगेको छ ।

ठेकेदारले लाइन पूरा नगरेपछि प्राधिकरणले माण्डुमा जोड्ने विकल्प दिएको उनको भनाइ छ । आयोजनाको विद्युत जोड्न मातातीर्थ सबस्टेसनदेखि ३४ किलोमिटर टाढा ललितपुरको माल्टासम्म ३३ केभी प्रसारण लाइन प्राधिकरणले निर्माण गर्नुपर्ने थियो । २०७१ को सुरुमा काम सुरु भएका २ जलविद्युत आयोजना ३ वर्षअघि नै निर्माण सम्पन्न भएका थिए ।

टुंगुन र ठोस्न खोलाले २०७३ कात्तिक ९ गते र खानी खोलाबाट २०७३ मंसिर २० गतेबाटै विद्युत उत्पादन गरिरहेका छन् । यो विद्युत् ३३ केभीको लाइन नहुँदा ११ केभीको फर्पिङ र दक्षिण ललितपुर फिडरमा जोडिएको थियो ।
प्राधिकरणले दुवै आयोजनासँग बर्षामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँमा विद्युत खरिद सम्झौता (पिपिए) गरेको थियो ।
समयमा प्रसारण लाइन नबने प्राधिकरणले विद्युत् आयोजनालाई ५ प्रतिशत क्षतिपूर्ति तिर्नुपर्ने प्रावधान छ । तर, ५ प्रतिशत क्षतिपूर्तिले कम्पनीको नोक्सान क्षर्तिपूर्ति हुदैन । जय दुर्गे कम्पनीले माल्टा सबस्टेसन भने यसअघि नै पूरा गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ९ : ५५ बजे