६ मंसिर २०८१, बिहिबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


बदलिदै डुकुछापको दनुवार बस्ती


३ आश्विन २०७६, शुक्रबार  

0
Shares

उचाईबाट हेर्दा देखिएको डुकुछापको दनुवार बस्ती । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
४ भदौं ०७६, डुकुछाप । डुकुछापका बुद्धधर्म दनुवारले आजकल तरकारी खेती गर्छन् । परम्परागत धान मकैभन्दा गोलभेडाबाट राम्रो आम्दानी हुन थालेपछि उनी तरकारी खेतीरि आर्कर्शित भए । उनी मात्रै होइन डुकुछापका धेरै युवा आजकल तरकारी खेतीतिर लागेको उनी बताउछन् । लह लह धान गहुँ झुल्ने डुकुछाप अहिले प्लाष्टिकको छाप्रोले ढाकिएको देख्न सकिन्छ । (तस्विर हेर्नुस्)
केही समयअघि विदेश गएका बुद्र्धधर्मले एकतले पक्की घर बनाएका छन् । भुकम्पपछि डुकुछापको स्वरुप नै परिवर्तन भएको छ । पुराना घरहरु लस्करै रहेको डुकुछाप पुग्ने जो कोही आजकल झुकिन्छ । ती घर भत्केपछि यहाँ धेरै ढलान घर बनिसेकेका छन् ।

नयाँ बनेका ढलान घर र बस्ती ।

स्थानीय पूर्ण दनुवारले गाँउकै अग्लो तीनतले घर बनाएका छन् । गुरानो माटोले बनेको घर भुकम्पले भत्काएपछि उनले ढलान घर बनाएका हुन् ।
डुकुछापको चण्डीदेवि आधारभूत विद्यालयका प्रानाध्यापक सिताराम खड्का आजकल दनुवार बस्तीका वालवालिकाहरु नियमित स्कूल आउने गरेको बताउछन् । विद्यार्थीहरु पहिलेभन्दा सफा सुग्घर पनि हुन थालेका छन् ।

बाँकी रहेका केही पुराना घर ।

उनी भन्छन्,‘पहिले स्कूल आउनै गाह्रो मान्थे । आजकल सधै जसो आउछन् ।’ १८३ जना विद्यार्थी रहेको यस विद्यालयमा दनुवार मात्रै १३० जना छन् ।
खड्का यहाँका दनुवारहरुको लवाई खुवाईमा नै परिवर्तन भएको स्वीकार्दै भन्छन्, ‘पहिलेको दनुवार बस्ती र अहिलेको बस्तीमा फरक छ ।’
गोदावरी ८ डुकुछापका शुकराम तामाङ्गका अनुसार डुकुछापका दनुवार जातीले आजकल ज्याला पानी गर्न धेरै कम गरिसके । यहाँका ६०÷७० दनुवार युवा आजकल विदेश छन् । केही दनुवार जागिरे भईसके ।

गोदावरी ८ का वडाध्यक्ष शुकराम ।

तामाङ्ग भन्छन्,‘पहिले डेढ घण्टा हिडेर चापागाँउ बजार जानु पर्थो । अहिले ढोकैमा गाडी आइपुगेको छ । यहाँ गाडीसँगै गाँउमा शहरीया सस्कृती भित्रेको छ ।’ उनका अनुसार भुटेको मकै खाने स्थानीय दनुवार आजकल बजारका खाजा खान्छन् ।
यहाँका केही दनुवार युवा सेना र प्रहरीमा जागिरे छन् । केही समयअघिसम्म यहाँका दनुवार जागिरे थिएनन् । भने यही गाँउका १५÷२० जना दनुवार युवा हरेक दिन विहान कलेज जान्छन् ।
दनुवारहरुको मुख्य पेशा माछा मारेर खाने हो । तर वागमतीमा माछा पाउन छोडेपछि दनुवारहरु जाल हान्ने छोडिसकेका छन् ।

तरकारी खेतीले ढाकिएको छुकुछाप फाँट ।

डुकुछापका दनुवारहरु रातो मच्छिन्द्रनाथको माइती खलक हुन् । राजा नरेन्द्रदेवको पालामा कामारु कामक्षबाट बाह्र बर्ष नेपालमा पानी नपरेपछि रातो मच्छिन्द्रनाथलाई डोकोमा बोकेर ल्याउदासंगै आएका र माछा खान पाउने हुँदा एकान्त र माछा मार्न पाउने डुकुछापमा बसेको भन्ने जनश्रृति छ ।
बुङ्गमतीबाट कटुवाल दहमा मच्छिन्द्र नाथलाई जल चढाउन आउदा माइती खलक दनुवारले बाटो छेक्ने चलन छ । उनीहरुले छोएपछि रथ गुडाउने गरिन्छ ।

भुकम्पले बचेका पुराना घर ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १० : २५ बजे