११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चार हजारभन्दा धेरै भुकम्पपिडित सम्पर्कविहीन


६ आश्विन २०७६, सोमबार  

0
Shares

भुकम्पपछि भत्केको ललितपुरको भट्टेडाँडा । फाइल तस्विर ः ललितपुर खबर

लपु संवाददाता
६ भदौं ०७६, ललितपुर । ललितपुरका ४ हजार ३ सय ५२ भुकम्पपिडित सरकारको सम्पर्कमा नआएको खुलेको छ ।
भुकम्पबाट पिडित बनेका ललितपुर महानगरपालिकामा ६९ प्रतिशत भुकम्पपिडितले अहिलेसम्म घर बनाउन शुरु नै गरेका छैनन् । गोदावरीमा ५८ प्रतिशत,महालक्षमीमा ५३ प्रतिशत महाँकालमा १८ प्रतिशत,वागमतीमा १५ प्रतिशत र कोञ्ज्योसोममा ६ प्रतिशत भुकम्पपिडितले पहिलो किस्ता लिएर गएपछि दोश्रो किस्ता नै लिन आएका छैनन् ।
ललितपुरमा २४ हजार ८ सय उनान्नव्बे भुकम्पपिडितले पहिलो २०७२ सालको भुकम्पले घर भत्काएको भन्दै पििहलो किस्ता लिएका छन् । ति मध्ये ११ हजार ६ सय ३६ जनाले दोश्रो सिस्ता लिएका छन् भने ८ हजार ९ सय एक जनाले घर सम्पन्नको प्रमाणपत्र बुझिसकेका छन् ।
भुकम्प पिडितको रुपमा सरकारसँग अनुदान लिएर घर नबनाई बसेकाहरुसँग सरकारले सरकारी बाँकी सरह असुल उपर गर्ने कानूनी व्यवस्था छ । यसरी असुल गर्दा बाँकी रकम बराबर नै हर्जना लाग्ने व्यवस्था छ । साथै लिएकै दिनबाट नतिर्दाको दिनसम्मको व्याज पनि लाग्छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ६ : १८ बजे