२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


पाटनमा पर्यटकलाई अफरै अफर


९ आश्विन २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता

९ असोज ०७६, पाटन । ४० औं विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार पाटनमा पर्यटकलाई अफरै अफर दिइने भएको छ । पर्यटन दिवसको दिन पाटनमा विविध कार्यक्रमहरुमा पर्यटकहरुलाई छुटदेखि निनाहासम्मका अफरहरु ल्यायएको हो ।
ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा शुक्रवार सबैभन्दा पहिला प्रवेश गर्ने २५ जना पर्यटकलाई निःशुल्क प्रवेश गराइनेछ । त्यसपछि आएका २० जना पर्यटकले भने पचास प्रतिशत प्रवेश शुल्क मिनाहा पाउने निर्णय गरेको महानगरका संस्कृति, पर्यटन तथा सम्पदा संरक्षण केन्द्रका प्रमुख सहजित राईले बताए ।
साथै शुक्रबार पाटन दरवारक्षेत्रमा प्रवेश गर्ने जोडी पर्यटकले १ जनाको मात्रै शुल्क तिरेर पाटन प्रवेश गर्न पाउनेछन् । पाटनका हेरिटेज होममा शुक्रबार पर्यटकलाई सित्तैमा खान बस्न पाउनेछन् ।
साथै पाटन आउने पर्यटकले शुक्रबार गाइडबाट निःशुल्क पाटन टुर सेवा पाउनेछन् । साथै पर्यटकहरुलाई दरवारपरिसरमा १ सय जना नातीनीदेखि हजुरआमासम्मको धिमेबाजा नाच पनि शुल्क नतिरी हेर्न पाउनेछन् ।
पुरुष पर्यटकलाई टोपी र महिला पर्यटकलाई दोसल्ला ओढाएर स्वागत गर्ने तयारी भएको एकद्धार पर्यटन शुल्क व्यवस्थापन तथा कार्यान्वयन समितिको सदस्य सचिव विमल केशरी अमात्यले जानकारी दिइन् ।
पर्यटकहरुलाई शुक्रवार बिहान महानगरका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्याललगायतले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

पाटनमा दिनभर ज्यापू समाज , बौद्ध बिहार संघ, चाईनिज गाइड एसोसियसन लगायतका संघसंस्थाको सहयोगमा विभिन्न कार्यक्रम हुनेछन् ।
बिहान ७ बजेदेखि आयोजना हुने उक्त कार्यक्रममा ज्यापू नाच प्रदर्शन, लाखे नाच प्रदर्शन, धिमे बाजा प्रदर्शन, धाः बाजा प्रदर्शन गरिनेछ । त्यसैगगरी चरिया नाच प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
पर्यटन दिवसको अवसरमा शुक्रवारदेखि सोमबारसम्म दरबार क्षेत्र परिसरमा रहेका रेष्टुरेष्ट, क्याफे तथा अतिथि र हस्तकला पसलहरुमा विशेष छुुट दिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहिबार  ७ : ५६ बजे