११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


गोदावरी–किटिनी सडक विस्तारमा विवाद


११ आश्विन २०७६, शनिबार  

0
Shares

टौखेलमा सडक विस्तारको क्रममा खन्दै एक डोजर । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी
११ असोज ०७६, गोदावरी । टौखेल–गोदावरी सडकखण्ड अहिले धमाधम भइरहेको छ । तत्काल दायाँबाया ८–८ मिटरको सडक मन्त्रीस्तरिय निर्णयबाट भइरहेको गोदावरी नगरपालिका ३ का वडाध्यक्ष वालमुकुन्द घिमिरेले बताए ।
सडक विस्तारका क्रममा छिटफुट विवाद देखिएको छ । घिमिरेका अनुसार टौखेलदेखि गोदावरीसम्म ८ मिटर विस्तार गर्दा २ वटा मात्रै घर ८ मिटर सडकभित्र पर्ने देखिन्छ भने २५ वटा टहरा सडकभित्र पर्छन् ।
स्थानीय बासिन्दाको क्षति पनि नहोस् र बाटो पनि बनोस् भन्ने असल नियत राखेर यो सडक विस्तार भइरहेको घिमिरेले वताए । स्थानीयबासीको धेरै ठूलो गुनासो भने देखिदैन । विना सूचना सडक विस्तार गर्न आएको भन्दै स्थानीयबासीहरु आक्रोस पोखिरहेको छन् ।


सडक विस्तारका क्रममा आफ्ना घर टहरा भत्काउन दिएर सहयोग गरेको एक स्थानीयबासीले ललितपुर खबरसँग बताइन् ।
केही गोदावरीबासी भने दशैंको मुखमा हत्तार हत्तार टहरा भत्काउन आएको भन्दै दुखेसो पोखिरहेका छन् । स्थाीयहरु दशै तिहारसम्म जग्गा नापेर राख्न र तिहारपछि सडक विस्तार गर्न प्रशासनसँग आग्रह गरिरहेका छन् ।


वडाध्यक्ष वालमुकुन्द घिमिरेका अनुसार घर टहरा भत्काउन वडाध्यक्ष आएको बुझाई स्थानीयबासीको रहेको भन्दै दुः ख व्यक्त गर्छन् । भन्छन्, ‘हामीले त सहजीकरण मात्रै गर्ने हो । यो योजना त सडक विस्तार आयोजनाको हो । हामीले स्थानीयबासीको कम क्षति गराएर सडक चालू गर्न सहयोग पो गरिरहेका छौं ।’
सडक विस्तारको क्रममा बाटोमा प्रहरी खटिएका छन् । सार्वजनिक जग्गा भएको ठाँउमा दायाँबायाँ ११ मिटर नै सडक बनाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ९ : ४३ बजे