८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


मकैबारीमा सुरक्षाकर्मी राखेर भैसेपाटीमा शिलान्यास


१३ आश्विन २०७६, सोमबार  

0
Shares

कार्यक्रमको सुरक्षार्थ खटिएका प्रहरीहरु । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
१३ असोज ०७६, ललितपुर । कडा सुरक्षाबीच भैंसपाटीमा मुख्यमन्त्रीको आवासको शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलिले सोमबार भैसेपाटी आवास क्षेत्रमा मुख्यमन्त्री र प्रदेश प्रमुख भवनको शिलान्यास गरे ।
मुख्यमन्त्रीको सरकारी आवास शिलान्यास कार्यक्रममा मकैबारी भरि सुरक्षाकर्मी परिचालित थिए । सडकमै मञ्च बनाइएको थियो । कार्यक्रममा सहभागी हुने अथितीलगायतको गाडी टाढै पार्क गराएर हिडाइएको थियो ।
प्रधानमन्त्री केपी ओलि निर्धांरित समयभन्दा एक घण्टा ढिलो आएर ईटामाथि सिमेन्ट खन्याएर शिलान्यास गरेका थिए ।


कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलिले मुख्यमन्त्री आवास, प्रधानमन्त्री निवास, संसद भवन ओलिका लागि नभएर भोलिका लागि बनाउन लागेको बताए ।
प्रधानमन्त्री ओलिले हाल रहेको मन्त्री निवास पनि नयाँ बनाउने उद्घोष गरे उनले भने, ‘अहिलेको मन्त्री निवास पुरानो पानी चुहिने छ । पानी पर्दा मन्त्रीले कुक्लो कुटेलो बोकेर हिड्नु पर्ने अवस्थाको छ ।’
मुख्यमन्त्री सहित प्रत्येक प्रदेश प्रमुखको पनि आवास भवन संगै १४ वटा भवन लस्करै रहनेछ । ८५ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सुविधासम्पन्न र अत्याधुनिक आवास तथा सम्पर्क कार्यालय दुई वर्षमा बनाइसक्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

ललितपुरको सैंबुमा सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी ४ आना ३.२८ दाम जग्गामा मन्त्री निवासका साथै राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुखका लागि २७ वटा आवास भवन निर्माण गर्ने तयारी गरिएको छ । यी भवनहरु निर्माणका लागि १ अर्ब ४५ करोड रुपैयाँ छुट्याइएको छ ।

गत १२ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भैंसेपाटीमा मन्त्री निवास, राष्ट्रिय सभा अध्यक्ष तथा उपाध्यक्षको आवास, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माण गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ९ : २२ बजे