८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा भूकम्प सुरक्षा विषयमा अन्तरविद्यालय हाजिरजवाफ


१६ आश्विन २०७६, बिहिबार  

0
Shares


१६ असोज ०७६, ललितपुर । विद्यालय स्तरीय भूकम्प सुरक्षा सम्बन्धी अन्तरविद्यालय हाजिर जवाफ प्रतियोगिता ललितपुरमा सम्पन्न भएको छ । कक्षा ५, ६ र ७ कक्षाका विद्यार्थीहरु सहभागी रहेको उक्त प्रतियोगितामा ललितपुर जिल्लाका ८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विद्यालय स्तरीय भूकम्प सुरक्षा सम्बन्धी बिषयमा विद्यार्थीहरुमा चेतना प्रर्वद्धन गर्ने उद्देश्यले जापानी संस्था साप्लानिर तथा नोपालका शहरी गरिबहरुको लागि समाज र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले संयुक्त रुपमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रम ललितपुर महानगरपालिका वडा नं १७ लुखुँसी स्थित श्रमजित माध्यामिक विद्यालयमा सम्पन्न भएको थियो । उक्त अन्तर विद्यालय हाजिर जवाफ प्रतियोगिता ललितपुरर महनगरपाािलकाका वडा नम्बर १७ कोश्रमजित किशोर माध्यमिक विद्यालय र प्रभात माध्यमिक विद्यालय, वडा नम्बर ८ को श्री शान्ति विद्याश्रम माध्यमिक विद्यालय र ललित विकास निम्न माध्यमिक विद्यालय, काठमाडौं महनगरपाािलकाका वडा नम्बर २१ को श्री आजाद आधारभूत विद्यालय र श्री नवयुग माध्यमिक विद्यालय, र काठमाडौं महनगरपाािलकाका वडा नम्बर १२ को श्री सरस्वती निकेतन माध्यमिक विद्यालय र श्री महेन्द्र सरस्वती सेवा आधारभुत विद्यालय गरी कुल आठ बिद्यालयहरुको सहभागीता रहेको थियो ।

हाजिर जवाफ प्रतियोगितामा विद्यालय र वालवालिका केन्द्रितभूकम्पीय जोखिम, पुर्वतयारी खोज तथा उद्दार तथा पुनर्लाभ संग सम्बन्धी बिभिन्न प्रश्नहरु सोधिएका थिए ।

उक्त प्रतियोगितामा ललतिपुरको श्री शान्ति विद्याश्रम माध्यमिक विद्यालय प्रथम हुन सफल भयो भने काठमाडौंको श्री सरस्वती निकेतन माध्यमिक विद्यालय दोस्रो, ललतिपुरकाप्रभात माध्यमिक विद्यालयले तस्रो तथा काडमाडौंको श्री महेन्द« सरस्वती सेवा आधारभुत विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

समापन मन्तब्य दिँदै जापानी संस्था साप्लानिरका कन्ट्री रिप्रिजेन्टेटिभ हिरोमी कात्सुईले नेपाल भूकम्पीय जोखिममा रहेको देश भएकाले यहाँका विद्यार्थी भाइबहिनीहरुलाई भुकम्पीय सुरक्षाका बारेमा धेरै थाहा रहेछ भन्ने कुराहाजिर जवाफ कार्यक्रमबाट थाह पाउँदा खुशी लागेका बताउँदै सहभागी विद्यालय तथा बिद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
शहरी गरिबहरुको लागि समाजस कि संस्थापक अध्यक्ष गुजेश्वरी श्रेष्ठलेयो प्रतियोगिताको उद्देश्यभुकम्पीय सुरक्षाबारे जान्ने र यस बाट बच्नको लागि अपनाउनु पर्ने आधारभूत कुराहरुको शिक्षा प्राप्त गर्नु रहेको बताउँदै यस प्रतियोगितामा सहभागी विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई प्रोत्साहित गरेर प्रतिभा देखाउने मौका प्रदान गर्नु महत्वपूर्ण कुरा भएका बताउनुभयो ।
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल कि सामाजिक विकास अधिकृतओमकला खनालले प्रतियोगितामा प्रथम वा द्वितीय हुनु मात्र ठूलो कुरा नभएर सहभागीता जनाउनुनै महत्वपूर्ण भएको बताउँदैप्रतियोगिताको लागि तयारी गर्दा प्राप्त भएको भूकम्पीय सुरक्षा सम्बन्धी ज्ञान तथा सिकाइलाई दैनिक जीवन व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो ।–

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहिबार  १ : ३६ बजे