८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनमा फेरि नवदुर्गा नाच


१७ आश्विन २०७६, शुक्रबार  

0
Shares


१७ असोज २०७६, ललितपुर । ललितपुरको ठेचोको नवदुर्गा नाच पाटनको पट्को डबलीमा फेरि सञ्चालन हुने भएको छ । ठेचोको नाच पट्को डबलीमा नचाउने निर्णय नवदुर्गा नाचका गुठियार, पट्को टोल सुधार समिति र ललितपुर महानगरपालिका–१६ वडा कार्यालयले गरेका हुन् ।
नाच सञ्चालनका लागि वडा कार्यालयले पूजा सामग्री र बलि दिन लागेकोे ललितपुर महानगर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताएका छन् । अर्को वर्षका लागि आवश्यक रकम महानगरपालिकाको दरबन्दीमा राखिने निर्णय भएको शाक्यले बताए ।
ठेचोको नवदुर्गा नाच पाटन दरबार क्षेत्रको पुरानो नाचमा गनिन्छ । यो नाच राजा मानदेवको इष्टदेवता मनमानेश्वरी तथा मल्ल राजाका इष्टदेवता तलेजु भवानीसँग पनि सम्बन्धित छ ।
यो नाच पाटन दरबारको मूलचोकमा प्रत्येक वर्ष दशैंको टिकाको दिन र कोजाग्रत पूर्णिमासम्म चार दिन नचाउनुपर्ने परम्परा भए पनि २४ बर्षदेखि सुचारु थिएन ।
यो नाच अघिल्लो साल २०७६ बाट सुचारु हुन थालेको हो । यस नाच नेवाः पत्रकार राष्ट्रिय दबू यल यल सांस्कृतिक पर्व संरक्षण समिति, नवदुर्गा गुठियार, पाटन दरबारको मूछें आगमघरका पुजारी, ललितपुर महानगरपालिकालगायत पहलमा पुनः सञ्चालनमा आएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  १० : २१ बजे