१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको प्युटारमा अध्यक्ष कप फुटवल


२६ आश्विन २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
२७ असोज ०७६, ललितपुर । बुधबारबाट दक्षिण ललितपुरको प्युटारमा अध्यक्षकप फुटवल प्रतियोगिता शुरु हुने भएको छ । वागमती गाँउपालिका खेलकुद विकाश समितिको आयोजनामा प्युटारको खयरधारीमा चल्ने प्रतियोगितामा १८ वटा टिम भिड्ने निश्चित भएको प्रचार प्रसार विभागमा प्रकाश थिङ्गले ललितपुर खबरलाई जानकारी दिए ।
थिङ्गका अनुसार मकवानपुरको वकैया गाँउपालिकाबाट ५ बटा टिमहरु प्रतियोगितामा भाग लिने भएका छन् । ललितपुरकै कोञ्ज्योसोम गाँउपालिकाबाट २ वटा टिम प्रतियोगिताका लागि जादैछन् भने बागमतीबाट ११ वटा टिम प्रतियोगितामा धाग लिने भएका छन् ।
ललितपुरको सदरमुकाम पाटनाट ४५ किलोमिटर दक्षिण पहाडमा रहेको प्युटार ललितपुरकै दुर्गम भू–भागको रुपमा लिइन्छ ।
दक्षिण ललितपुरको सबैभन्दा धेरै राशी पुरस्कार राखेर आयोजना गरिएको प्रतियोगिताको प्रथम हुनेले १ लाख पाउनेछ भने दोश्रोले ५० हजार नगद हात लगाउनेछ । प्रतियोगिताको सान्त्वना २० हजार नगद राखिएको छ । जुन २ वटा टिमले जित्नेछन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १० : ४० बजे