८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


क्यानडाको भ्रमण उपलव्दीमुलक ः मेयर महर्जन


२७ आश्विन २०७६, सोमबार  

0
Shares

सम्मेलनमा कार्यपत्र पेश गर्दै मेयर महर्जन ।

लपु संवाददाता
२७ असोज ०७६,ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन साता लामो क्यानडा भ्रमण सफल भएको बताएका छन् । दशैंको छेको पारेर क्यानडामा एक संस्थाले आयोजना गरेको इकोसिटी वल्र्ड समिट २०१९ मा भाग लिन महर्जन क्यानडा पुगेका थिए ।
म्हर्जन भिआईपि वक्ताको रुपमा क्यानडा पुगेको बताइएको छ । उनले साइकल लेन,बृक्षारोपणसँगै ललितपुरको संस्कृती जोगाउन सहयोग गरेको जस्ता विषय कार्यपत्रको रुपमा प्रस्तुत गरेको बताएका छन् ।
महर्जन क्यानडा घुम्ने क्रममा त्याँहाको साइकल सिटी र हरियाली देखेर प्रभावित भएको जानकारी दिए ।
तर ललितपुरको पुल्चोकदेखि कोपण्डोलसम्म साइकल लेन बनाउने चर्चा लामो समयदेखि भइरहे पनि अहिलेसम्म काम नभएको भन्दै महानगरबासीहरुले असुन्तुटी व्यक्त गरिरहेका छन् ।
साथै महर्जन नगरको काम छोडेर धेरै पल्ट विदेश भ्रमण गर्ने गरेको भन्दै मेयर महर्जनको आलोचना हुने गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १० : ३४ बजे