११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


यात्रु बोक्दै युनाइटेड कलेजको बस


२८ आश्विन २०७६, मंगलबार  

0
Shares

यात्रु बोकेर सातदोवाटोबाट लगनतखेलतर्फ जाँदै बस । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
२८ असोज ०७६, ललितपुर । ललितपुर कुमारीपाटीको युनाइटेड कलेजको विद्यार्थी बोक्ने वा.६. ८८४२ नम्बरको भ्यानले यात्रु बोकर भाडा असुल्ने गरेको तथ्य फेला परेको छ । सोमबार काठमाडौंको मेडिकल कलेज, जोरपाटी, नारायणटार गोकर्ण, माकलबारीतर्फको रुटमा चल्ने बसले फर्कदा यात्रु बोकेर भाडा असुल्दै फर्केको थियो ।
भ्यानका सहचालकले हरेक दिन यात्रु बोकेर फर्कने गरेको बताए । उनले भने,‘हामीलाई चिया खर्च हुन्छ । त्यसैले फर्कदा सधै यात्रु बोक्छौं ।’

स्कूल बसमा यात्रा गर्दै यात्रु ।

हरेक दिन साडे पाँचबजे कलेज छुटेपछि बस विद्यार्थी पुर्याउन त्यस रुटतर्फ जाने चहचालकको भनाई छ । साँझपख राजधानीमा सार्वजनिक यातायात पाउन कठीन छ । सार्वजनिक यातयात कम भएको मौका छोपेर कलेजका बसहरु राजधानीका विभिन्न रुटमा यात्रु बोक्ने गरेका छन् ।
पहेलो रंग लगाएर मात्रै स्कूलका बस सञ्चालन गर्नुपर्ने सरकारी नियम छ । स्कूल बसले सार्वजनिक बस जसरी यात्रु बोक्न नमिल्ने ट्राफिक लगाइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १० : ०७ बजे