२९ असोज २०७६, ललितपुर । ललितपुर जावलाखेल खेल मैदानमा गोदावरी पूmलको प्रतियोगिता र प्रर्दशनी हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालले आयोजनामा कात्तिक १ देखि ४ सम्म यो प्रर्दशनी हुनेछ ।
राजधानीमा रहेका नसंरी व्यावसायलाई प्रबद्र्धनका लागि यो प्रदृशनी गर्न लागेको आयोजकले जानकारी दिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार प्रदर्शनीमा ४४ व्यावसायिक, ४ सूचना कक्ष स्टल र गोदावरी पूmलकोे फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजूका अनुसार यस पल्ट ‘रोपेर पूmल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराको साथ यो प्रर्दशनी आयोजना हुन लागेको हो । हरेक बर्ष तिहारको सन्र्दभमा आयोजना हुने गोदावरी फल प्रर्दशनीको यो औं संस्करण हो । तिहारको पुर्वसन्ध्यामा यहाँ गोदावरी फूलसँगै नयाँ नयाँ विरुवा किन्ने अवसर समेत पाइन्छ ।
शनिबार जावलाखेल मैदानमा विभिन्न प्रजातीका फूलहरु ढकमक्क फुलेका हुनेछन् । विशेष गरि मिनियचर,स्पाइडर, रिफ्लेक्स इन्क्रर्भ, तथा कट फ्लावर जातका फूलहरु देख्न पाइने आयोजकले बताएको छ । विभिन्न देशबाट आतातित १६ नयाँ प्रजातिको गोदावरी पूmलकोसमेत प्रदर्शनीमा राखिनेछ । मेलामा रु ५० लाखको कारोवार हुने आयोजकको अनुमान छ ।
प्रतिक्रिया