१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


विद्यार्थी भन्छन् –‘भोक लाग्यो सर’


३० आश्विन २०७६, बिहिबार  

0
Shares

देउरालीआधारभूत विद्यालयमा खेल्दै वालिका । तस्विरहरु ः ललितपुर खबर

लपु सवाददाता
३० असोज ०७६, लेले कोटडाँडा । गोदावरी नगरपालिका ६ लेले कोटडाँडामा देउराली आधारभूत विद्यालयमा अधिकांश विद्यार्थी सधै कक्षा कोठामा अध्यारो अनुहार लगाएर बस्छन् । विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर देशार बच्चाहरुलाई सोध्छन्,नानु तिमीलाई के भयो ? बच्चा बच्ची भन्छन्, ‘भोक लाग्यो सर !’
प्रधानाध्यापक देशार स्तव्ध हुदै भन्छन्, ‘यहाँ पढ्ने अधिकांश विद्यार्थी घरमा खान पाउदैनन् । त्यसैले भोक–भोकै आउँछन् । उनीहरुले न्याउरो अनुहार लगाउदा हामी दुःखी हुन्छौं ।’

प्रधानाध्यापक ज्ञानबहादुर देशार ।

अति विपन्न परिवारहरुको बसोबास रहेको कोटडाँडा क्षेत्रका वालवालिकाहरु पोषणको त के कुरा भेटभरी भात समेत खान पाउदैनन् । यहाँका विपन्न परिवारका सदस्य विहान अध्यारोमै काम गर्न घरबाट निस्किने र भात पकाइदिने मान्छे नहुँदा बच्चाबच्ची भोकै स्कूल आउने गरेको देशार बताउछन् ।
अघिल्लो बर्षसम्म विद्यालयमै दिवा खाजा कार्यक्रम लागू थियो ।¬ यो बर्षबाट हटाएपछि विद्यार्थीहरु स्कूलमा केही खान पाइरहेका छैनन् ।
अघिल्लो बर्षसम्म विद्यालयमा पोषण कार्यक्रम अन्र्तगत विद्यालयमा खाजा कार्यक्रम लागू थियो । त्यसैले विद्यार्थीलाई खाजा खुवाइएको थियो । तर त्यो हटेपछि आजकल विद्यार्थी मर्कामा रहेको उनले बताए ।

खाजा खादै बालवालिकाहरु ।

दिवा खाजा हटेपछि स्कूलले नै प्रति विद्यार्थी १ सय उठाएर खाजा ख्ुवाएको देशार बताउछन् । उनी भन्छन्, अविभावकले पैसा दिएनन । त्यसैले हामीले खाजा खुवाउन बन्द गर्न बाध्य भयौं ।
विद्यार्थीहरु स्कूलमा खुवाउछ जाउ भनेर पठाउने गरेको विद्यार्थीलाई उदृत गर्दै देशार गुनासो गर्छन् । देशारको शव्दमा नगरले विद्यार्थी खाजा कार्यक्रमका लागि बजेट नपठाउदा आफूहरु विद्यार्थीहरुलाई भोकै राखेर पढाउन बाध्य रहेको बताउछन् ।

लेले कोटडाँडाबाट देखिएको लप्से टिकाभैरव ।

गोदावरी नगरपालिका सामाजिक विकाश समितीमा प्रमुख भास्कर थापाले विद्यार्थी संख्या एकिन नभएको अवस्थामा खाजा कार्यक्रम लागू नभएको हुनसक्ने बताए । उनले भने, ‘यो जिम्मेवार वडा कार्यालयको हो ।’ थापाले नगरपालिकाको बजेटमा वडालाई खाजाको बजेट राखेर मात्रै बजेट ल्याउन अनुरोध गरेको बताए ।
गोदावरी नगरपालिकाका ६ का वडाध्यक्ष विष्णुमान महर्जन नगरपालिकाले बजेट छुट्याएको तर कार्यान्वयन भइनसकेको जानकारी दिए । उनले भने, ‘नगरपालिकाको बजेट किताव प्रकाशन भएको छैन । तिहारपछि हुन्छ होला ।’
३ रोपनी सरकारी जग्गामा रहेको यो स्कूलमा ३ वटा भवन छन् । तर विद्यार्थी चाँही ३५ जना मात्रै छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहिबार  ७ : ३२ बजे