८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा रोकिराखेको बसमा आगलागी


३ कार्तिक २०७६, आइतबार  

0
Shares

कार्तिक २०७६,ललितपुर । ललितपुर महानगरपालिका–१३ सिँचाइ हिटीस्थित रोकिराखेको दुई वटा बसमा आज बिहान आगलागी भएको हाे ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार बिहान १०ः५५ बजेको समयमा एक्कासी गाडीमा आगलागी भएपछि दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएकाे थियाे।

आगलागीबाट पार्किङ गरिराखेको बा ३ ख १३८९ र बा ३ ख १६६ नम्बरको गाडी जलेर पूर्णरुपमा क्षति भएको छ । अर्को सँगै रोकिराखिएको बा २ ख ५९४५ नं। को बसमा भने आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी  ढोका बन्द भएको बा ३ ख १३८९ नम्बरको गाडीको भित्रबाट आगलागी भएको प्रहरीको अनुमान छ ।

आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १ : ५९ बजे