९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कुपन्डोलमा कार रेष्टुरेन्टभित्र छिर्दा तीन जना घाइते


५ कार्तिक २०७६, मंगलबार  

0
Shares

५ कार्तिक २०७६,ललितपुर । ललितपुरको कुपन्डोलमा एउटा कार रेष्टुरेन्टभित्र छिर्दा तीन जना घाइते भएका छन् । सोमबार दिउँसो ज्रेबा क्रसिङ नजिकै महिलालाई देखेर एकाएक ब्रेक लगाउन खोज्दा कार रेष्टुरेन्टभित्र पसेको हो । कारको ठक्करबाट एक महिला र दुई जना मोटरसाइकल चालक घाइते भएका छन।

त्यसैगरी ७० वर्षीय वृद्ध मुनिराज उपाध्यायले चलाइरहेको ‘प्रदेश ३ बीएए २०६९’ नम्बरको कारलाई महिलालाई बचाएर अन्यत्र मोड्ने क्रममा नकिकै रहेको एनपीपी रेष्टुरेन्टभित्र हुत्तिएर छिरेको हो ।

रेष्टुरेन्टभित्र वालमा ठोक्किएपछि मात्रै कार रोकिएको लतिलपुर प्रहरी परिसर, जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए । रेस्टुरेन्टको बाहिरपट्टि मान्छे नहुँदा मानवीय क्षति हुनबाट जोगिएको छ । त्यसैगरीकारको ठक्करबाट सकुन खड्का घाइते भएकी छन् । उनको सर्वाङ्ग हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कारको अगाडीको भागमा क्षति पुगेको छ भने चालक उपाध्यायको अवस्थासकुशल रहेको छ । कार चालकले महिलालाई बचाउन खोज्दा रेष्टुरेन्टतिर पुगेको बयान दिएका छन् ।

उपाध्याय कार सर्भिसिङ गरेर सानेपातर्फ जाँदै थिए । कारले अन्य दुई जना मोटरसाइकल चालकलाई समेत ठक्कर दिएको थियो । उनीहरु समेत सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ७ : २० बजे