१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जनभावना क्याम्पस पुर्वविद्यार्थी संघमा विष्ट


९ कार्तिक २०७६, शनिबार  

0
Shares

नवनिर्वाचित शैलेन्द्र विष्टलाई बधाई दिदै क्याम्पस प्रमुख शिवराज सञ्जेल ।

९ कार्तिक ०७६, ललितपुर । जनभावना क्याम्पस पुर्वविद्यार्थी संघमा शैलेन्द्र विष्ट निर्वाचित भएका छन् । शनिबार प्याङ्गगाँउस्थित क्याम्पस परिसरमा भएको पहिलो साधारण सभाले विष्टको नेतृत्वमा १५ सदस्यीय कार्य समितीलाई सर्वसहमतीबाट चयन गरेको हो ।
इसअघि विष्टकै नेतृत्वमा जनभावना क्याम्पस पुर्व बिधार्थी संघको तदर्थ समिति गठन गरिएको र साधारण सभाले कार्यसमितीलाई बैधानिकता दिएको नवनिर्वाचित विष्टले ललितपुर खबरलाई बताए । विष्टको कार्यसमितीमा उपाध्यक्ष सुनिता सिलवाल छिन् । सचिव भने राजन घिमिरे चयन भए सहसचिव अर्जन सञ्जेल,कोषाध्यक्ष सम्झना घिमिरे निर्वाचित भए । सदस्यहरुमा श्यामकुमार महर्जन,बलराम थापा,संजिता खड्का, पार्वती तिमल्सिना,भोजराज घिमिरे,अनुपा घिमिरे,सन्तोष केसी,राम महर्जन, बल्लव तिमल्सिना र सन्तोष तिमल्सिना छन् ।
कर्यक्रममा जनभावना क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष तथा पुर्वसासंद मिठाराम शर्मा बजगाई, क्याम्पस व्यवस्थापन समितीका उपाध्यक्ष रविन्स शर्मा, क्याम्पस प्रमुख तथा नेपाल पव्लिक क्याम्पस संघका नवनिर्वाचित अध्यक्ष शिवराज सञ्जेल,प्राध्यापक तथा साधारण सभा निर्वाचन मण्डलका संयोजक प्रवेश केसी सहागिता थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ११ : १० बजे