११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउ सडक मर्मतको निर्णय स्थानीयले पत्याएनन्


१६ कार्तिक २०७६, शनिबार  

0
Shares

फाइत तस्विर ः शुक्रबार भएको फलफलमा सहभागीहरु ।

लपु संवाददाता
१६ कार्तिक ०७६, चापागाँउ । चापागाँउ सडक मर्मतको माग राखेर गठीत संर्घण समितीले स्थानीय सरकार र दलप्रति अविश्वास प्रकट गरेको छ ।
शनिबार चापागाँउमा भएको छलफलपछि पछिल्ला समय आएका भनाई र गराईको तारतम्य नमिलेको र सडक मर्मतको माग पुरा हुन समेत बर्ष दिन भन्दा धेरै समय खर्च भएको भन्दै आइतबार सडक विभाग पुगेर सडक मर्मत निर्णय भए नभएको बुझ्ने निर्णय गरेको सडक मर्मत संर्घष समितीका अध्यक्ष रामभक्त महर्जनले ललितपुर खबरलाई बताए । उनले भने,हामी समितीका पदाधिकारी, सल्लाहकार र अन्य सहभागी सहित सडक विभाग पुगेर सडक मर्मतका सम्बन्धमा डिजीसँग छलफल गर्छौं ।
उनले जनप्रतिनिधि र स्थानीय सरकारको भनाईप्रति अविश्वास भएको भन्दै सडक विभाग पुगेर छलफल गर्ने भएको हो ।
संघीय संसदका सासंद नवराज सिलावाल जनप्रतिनिधिले गरेका हरेक निर्णयहरु जनताले बुझ्नु राम्रै हुने बताए । उनले भने, हामीले कामै गरेका छैनौं भन्ने होइन । सडक विस्तार गर्न लामो समय लाग्ने अवस्था देखेपछि । स्थानीय सडकको मर्मत गर्ने निर्णय भएको हो ।’
सडकको समस्या तत्काल समाधान गर्न जनप्रतिनिधि नै अघि सर्ने र काम गर्नु पर्ने जिम्मेवारी रहेको उनको भनाई थियो ।
स्थानीय सडक मर्मतको माग राखेर याहाँका स्थानीयले २ पल्ट सडक बन्द गरेर प्रर्दशन गरिसकेका छन् । गतजेठमा भएको सडक बन्द र सहमतीपछि असोजभित्र सडक यथास्थितीमा गर्ने निर्णय भएको थियो ।
तर सडकमा सामान्य ग्राइभेल बाहेक अरु काम हुन सकेको छैन । स्थानीयबासीले सडक मर्मत नभए कार्तिक १५ गतेबाट फेरि आन्दोलन चर्काउने उद्घोष गरेपनि सडक बन्द भने गरिएको छैन ।
सडक मर्मतको माग राखेर स्थानीयबासीले सडक बन्द गर्ने निर्णय बाहिरिएपछि चापागाँउ सडकमा रातारात २÷४ गाडी भाइभेल झारिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ११ : ३४ बजे