२५ कार्तिक ०७६, घुसेल । इको हिसानो मेमोरियल घुसेल हाउसको दुई कोठे पक्की भवनको उदघाटन भएको छ । ललितपुर बागमती गाउपालिका १ घुसेलस्थत घुसेल माध्यमिक बिद्द्यालयको परिसरमा बनेको यो भवन नेसा फाउन्डेसनका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जापनी नागरिक नो वु ओ सुएनगाले बिधिवत रुपमा उद्घाटनपछि भवन हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्ष श्री जगत बहादुर लोले जापानको सहयोगप्रति धन्यबाद दिनुभयो । दक्षिण पश्चिम ललितपुरको घुसेल गाँउबारे बारेमा प्रधानाध्यापक रमेश न्यौपानेले प्रष्ट्याउनु भएको थियो । पाटनवर्क शपकी रजना खड्गीको विशेष पहलमा उक्त भवन निर्माण बताइएको छ ।
यस भवनमा एउटा कोठामा सिलाइ सिक्नलाई प्रयोग हुनेछ भने अर्को कोठामा प्रथामिक उपचारका लागि केहि आधारभुत सामानका साथ तयार भएको छ । कार्यक्रममा जापानका केही जापनिज र पाटन वर्कशप ललितपुरका प्रतिनिधि बिद्यालयका शिक्षक विद्यार्थी, स्थानिय जनप्रतिनिधी,स्वास्थ्यकर्मी र स्थानियको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बिद्यालयलाई केही शैक्षिक सामाग्री समेत प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको थियो भने जापनी टोलीले जापानी गीत गाउनु भएको थियो ।
प्रतिक्रिया