८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भट्टेडाँडामा भीरबाट लडेर महिलाको मृत्यु


६ मंसिर २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
६ मंसिर ०७६, भट्टेडाँडा । वागमती गाँउपालिका ३ भट्टेडाँडा झाँक्रिडाँडाकी ५५ बर्षिया सिता बजगाईको पोखरी चौरस्थित भीरबाट लडेर मृत्यु भएको छ । विहान १० बजे घरबाट घाँस काट्छु भन्दै निस्केकी बजगाई अवरसम्म घर नआएपछि खोजी गर्दा मृत अवस्थामा ३ बजे  भेटिएको भट्टेडाँडा प्रहरी चौकीका प्रसनी लक्ष्मण थापाले बताए ।
घटनाको प्रकृती हेर्दा पाखामा चिप्लेर लडेको आशंका रहेको थापाले बताउनु भयो ।
नेकपाद्वारा समवेदना
नेपाल कम्युनिष्ट पार्टी वागमती गाँउ पालिकाको वडा कमिटीले मृत आत्माको चिर शान्तिको कामना गर्दै समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ९ : १७ बजे