८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर सहकारी डेरीले गाइड लाइन बनाउने


२९ मंसिर २०७६, आइतबार  

0
Shares

संघले सञ्चालनमा ल्याउन लागेका डेरीको नवनिर्मित भवन । तस्विर ः ललितपुर खबर

२९ मंसिर ०७६, ललितपुर । ललितपुर दुग्ध सहकारी संघद्वारा ललितपुरको चापागाँउमा संचालनको तयारीमा रहेको नवनिर्मित डेरीले गुणस्तर निर्धारणका लागि गाइड लाइन बनाएर मात्रै उत्पादनमा जाने तयारी स्वरुप गोष्ठी आयोजना गरेको छ ।
संघका उपाध्यक्ष कृष्ण बलका अनुसार तत्काल दहि र पनिर बजारमा लैजाने तयारी स्वरुप ती उत्पादनबारे गहन छलफल गरेर नयाँ स्वाद र गुणस्तरका उत्पादन बजारमा लैजाने तयारी स्वरुप यो गोष्ठी आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्रिय दुग्ध विकाश बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले डेरीको सरसफाई गुणस्तरिय उत्पादनका सम्बन्धमा कार्यपत्र पेश गर्नु भयो । बोर्डकै प्राविधिक निर्देशक वालक चौधरीले गाइडलाइन निर्माण क्रममा अपनाउनु पर्ने विधि र प्रकृया र समेटिने विषय बस्तुबारे अन्र्तक्रियात्मक छलफल गर्नुभयो ।


बलले पौष २० सम्ममा नयाँ उत्पादन बजारमा लैजाने तयारी रहेको जानकारी दिनुभयो । उहाँले भन्नु भयो,हामी दुध र पनिरको उत्कृष्ट उपादन बजारमा लैजान्छौं । गोष्ठीमा ललितपुरका दुग्ध व्यावसायी र किसानको उल्यख्य सहभागिता थियो ।
प्राविधिक चौधरीले अन्तक्रियात्मक तरिकाबाट भएको निचोडबाट गाइड लाइन तयार गरिने बताउनु भयो ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ९ : २१ बजे