९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वागमतीको गाँउसभामा ९ वटा विद्ययक


२२ माघ २०७६, बुधबार  

0
Shares

बैंठकमा सहभागी अध्यक्ष विरवहादुर लोप्चनलगायत ।

२२ माघ ०७६, ललितपुर । सुदुर दक्षिण ललितपुरको बागमती गाँउपालिकाको छैठौं गाउँसभा गाँउपालिकाको सदरमुकाम भट्टेडाँडामा बुधबारबाट शुरु भएको छ ।
पालिका अध्यक्ष वीरबहादुर लोप्चनको सभाअध्यक्षतामा सुरु बैठक बिद्यायन समिति संयोजक लालबाहादुर भोम्जनले ९ वटा विद्ययकहरु पेश गर्नु भएको छ ।
पेश गरिएको विद्ययकहरुमा बागमती गाँउपालिका सार्वजनिक खरिद नियमावली २०७६, आर्थिक सहायता कोष संन्चालन तथा ब्यबस्थापन कार्यबिधि २०७६, ब्यबसाय दर्ता तथा नबिकरण कार्यविबधि २०७६, बागमती गाँउपालिकाको संस्था दर्ता बिधेयक २०७६, बैठक तथा भमण खर्च सम्बन्धि निदेर्शिका २०७६, बागमती गाँउपालिकाको गाउँपालिका प्रहरी बिधेयक २०७६, एकल पुरुष भर्ता बितरण कार्यक्रम सन्चालन कार्यबिधि २०७६, बागमती गाउपालिकाको औधोगिक ब्यबसाय बिधेयक २०७६, भकारो सुधार कार्यक्रम संन्चालन कार्यबिधि २०७६ छन् ।
यी ९ वटै बिधेयक माथि गाँउसभाको सदस्यहरु बीच आबश्यक छलफल गरि शनिबार बस्ने गाँउसभाको अर्को बैठकमा पेश गर्ने कार्यक्रम छ । साथमा गाउसभामा केही संशोधित बजेट समेत पेश गरिएको प्रेस संयोजक दिपक घिमिरे समिरले जानकारी दिनुभयो ।
गाँउसभामा विभिन्न वडाका वडाअध्यक्षहरुले शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रममा बागमती गाँउपालिकाका कर्मचारी कार्यालय सहयोगी बिनोद दाहाललाई उत्कृष्ठ काम गरेको भन्दै सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ७ : ३९ बजे