९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वनेपामा पाँच बर्षदेखि बजेन बाजा


२४ माघ २०७६, शुक्रबार  

0
Shares

२३ माघ ०७६, बनेपा । पेमा लामा यहाँ हुने हरेक जात्रामा बाजा बजाउँदै आएका कुसुले समुदायका युवाले बाजा बजाउन छोडेपछि जात्रा आउने बित्तिकै मान्छे खोज्नुपर्ने अवस्था आएको छ । पनौती जात्रामा बाजागाजासहित नगर परिक्रमा गर्नु यहाँको जात्राको विशेषता हो । यहाँ लाग्ने जात्रामा बाजा बजाउने मान्छे नहुँदा श्रीखण्डपुर, नाला र साँगाबाट भाडामा ल्याएर समस्या टार्नुपरेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष राजेन्द्र महाजुले बताउनुभयो । “नेवार समुदाको कुसुले थरका मान्छेले मात्रै बजाउने गरेको पनौती जात्राको बाजा बजाउने मान्छेको अभाव भएपछि बाहिरबाट ल्याउनुपरेको छ”, उहाँले भन्नुभयो, “बाजा बजाउनेलाई प्रोत्साहन नभएर युवाले बाजा बजाउन छोडेको पाँच वर्षजति भयो ।” जात्रामा दमाह बाजा कुसुलेले मात्रै बजाउनुपर्ने परम्परा छ । पनौतीमा नै भएकाले बजाउन छोडेपछि पछिल्लो समयमा जात्रा हुने बेलामा साँगा, श्रीखण्डपुरलगायत ठाउँबाट पैसा तिरेर मान्छे ल्याउने गरिएको छ । वडा नं ७ को स्थायी बासिन्दा रहेको ती समुदायका नयाँपुस्ताले सो पेशालाई छोड्दै गएका छन् । पुरानो मान्छे नरहनु र नयाँ पुस्ताले सीप सिक्न छोडेका कारण बाजा बजाउने मान्छेको अभाव भएको महाजुको भनाइ थियो । पनौती वडा नं ७ का वडा सदस्य एवं समाजसेवी पुरुषोत्तम कर्माचार्यले जात्रामा बाजा बजाउने मान्छे नहुँदा चुनौती थपिएको बताउनुभयो । वर्षमा करिब ८÷१० वटा जात्रा हुने बजारमा बाजा बजाउने मान्छे नहुँदा बाहिरबाट ल्याउनुपर्ने भएकाले निकै चुनौती थपिएको उहाँको भनाइ थियो । “परापूर्वकालदेखि जुन मान्छेले धान्दै आएको थियो, एउटै मात्र जातित्वले गर्नुपर्ने भनेर जिम्मा दिँदै आएको मान्छेले गर्न छोडेपछि इतिहास नै हराउने अवस्थामा पुगेको छ”, उहाँले भन्नुभयो, “अहिले पनौतीबाट नैकिन बाजा र कुसुले बाजा लोप हुने अवस्थामा पुगेको छ ।” त्यससँगै पछिल्लो समयमा प्रजापति बाजाको संरक्षण गर्नुपर्ने अवस्था सिर्जना भइसकेको कर्माचार्यले बताउनुभयो । त्यसका लागि नगरपालिकाबाट नै बजेट छुट्याएर धिमेबाजा लगायतको संरक्षणका लागि कार्यक्रम सञ्चालन गरेपछि युवाको उत्साहपूर्ण सहभागिताले बाजा बजाउने नयाँ पुस्ता उत्पादन भइसकेको उल्लेख गर्नुहुँदै उहाँले हिनताबोध भएर पेशा छाडेका कारण पनि सीप र बाजाको लोप हुँदै गएको बताउनुभयो । पहिलादेखि नै धान्दै आएको पेशालाई निरन्तरता दिँदा आफैँ माथि आउनसक्ने आत्मविश्वासमा कमी भएकाले मान्छे नपाउने अवस्थामा पुगेको उहाँको भनाइ थियो । कुसुलेले आफ्नो बाजा नबजाउने र शाहीले नैकिन बाजा नबजाउने हो भने आफ्नै संस्कृति र पहिचान लोप हुने भएकाले अब युवाले त्यसतर्फ सोच्न आवश्यक रहेको कर्माचार्यले बताउनुभयो । पनौतीमा हुने विभिन्न जात्रामध्ये जेठ पूर्णी, सङ्कटा जात्रा, काठुगणेश, मानेश्वरी जात्रा, भद्रकाली, योमरी पुन्ही, गणेश ब्रह्मायणी, कृष्ण लगायतको जात्रामा ती समुदायका मानिसले बाजा बजाएर नगर परिक्रमा गरी आकर्षक बनाउने काम गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ८ : २८ बजे