९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


स्वयम्भूको राम चैत्यको दोस्रो पटक पुनःनिर्माण


२७ माघ २०७६, सोमबार  

0
Shares

२७ माघ ०७६, काठमाडौं । २०७२ साल वैशाख१२ गते को बिनासकारी भूकम्पका कारण क्षतिग्रस्त भएकोकाठमाडौँ महानगरपालिका–१५ स्वयम्भूस्थित आनन्दकुटी विहारमा रहेको श्रीलङ्का राम चैत्यको दोस्रो पटक पुनःनिर्माण शुरु गरिएको छ ।

उक्त पुनःनिर्माणका क्रममा आकृति बिग्रिएपछि दोस्रो पटक पुनःनिर्माण थालिएको हो । पुरातत्व विभागले प्राविधिक सहयोग उपलब्ध गराएको हुँदा सम्पदाको वास्तुकलामा त्रुटि पाइएपछि पुरानोस्वरुप कायम हुन सकेको थिएन । निर्माणका क्रममा चैत्यमा हुने गोलाद्र्धमाथि राखिने त्रयोदश भूवन (१३ वटा खण्ड) मा प्राविधिक समस्या देखिएकाले त्यसलाई भत्काएर पहिलेकै संरचना बनाउन लागिएको विहारका भिक्षु धर्ममूर्ति महास्थवीरले जानकारी दिए ।

विश्वसम्पदामा सूचीकृत स्वयम्भू क्षेत्रमा सन् १९४६ मा निर्माण भएको विहार जीर्ण भएपछि श्रीलङ्का सरकारले रु २० करोडको लागतमा विहारका साथै चैत्य पुनःनिर्माण हालै सम्पन्न गरेको थियो । बौद्ध शिक्षाका माध्यमबाट समाजमा सकारात्मक चिन्तन विकास गर्न धार्मिक गतिविधि गरेको विहारले विभिन्न संस्थासँग समन्वय गरी परियत्ति शिक्षासमेत सञ्चालन गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ७ : २६ बजे