९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रेस युनियन काठमाडौँ अध्यक्षमा दुलाल


२९ माघ २०७६, बुधबार  

0
Shares

विजय घोषणापछि सेल्फी खिचाउदै दुलाल ।

२९ माघ ०७६, काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वा्चित हुनुभएको छ । युनियनको मङ्गलबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट दुलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वा्चित भएको हो ।
अध्यक्षका अर्का उम्मेदवार महेश्वर गौतमलाई ९२ मतान्तरले हराउँदै दुलाल निर्वा्चित हुनुभएको हो । दुलालले २८५ मत प्राप्त गर्नुभयो भने गौतमले १९३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत प्रकाश रावलले जानकारी दिनुभयो । कूल ८४३ सदस्य रहेको काठमाडौँ शाखामा अध्यक्ष पदका लागि निर्वाचन हुँदा ४७७ मत खसेको थियो ।
शाखाको उपाध्यक्ष खुलामा अच्युत रेग्मी, समावेशी उपाध्यक्षमा टुकामाया भण्डारी, सचिवमा अक्कलबहादुर कुँवर, सहसचिवमा सञ्चिता खनाल र कोषाध्यक्षमा निरास तामाङ निर्वा्चित हुनुभएको छ । यस्तै सदस्यमा मनोज भण्डारी, निर्मल धिताल, रोशन सापकोटा, नवराज भट्ट, प्रवीण श्रेष्ठ, घनश्याम श्रेष्ठ, लोकेन्द्र भट्ट र राधा ढुङ्गाना निर्वा्चित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
नवनिर्वा्चित अध्यक्ष दुलालले लोकतन्त्रवादी पत्रकारलाई एकजुट बनाई श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ९ : ४५ बजे