९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महाशिवरात्रीको पुर्वसन्ध्यामा पशुपति सफाइ


४ फाल्गुन २०७६, आइतबार  

0
Shares

पशुपति मन्दिर परिसरमा रंग लगाउदै पेण्टर ।

४ फागुन ०७६, पशुपतिनाथ । वाग्मती सफाइ महाअभियानको ३५३ औँ हप्तामा महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको आर्यघाट, सूर्यघाट, राममन्दिर लगायत क्षेत्रमा सफाइ गरिएको छ ।
सफाइमा १८ संस्थाका ३०० जनाभन्दा बढी अभियानकर्मी सहभागी भएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा सफाइमा सहभागी हुनुभएको थियो । वैदिक सनातन हिन्दू धर्मावलम्बीको पर्व महाशिवरात्रिका अवसरमा कोष लगायत स्थानीय संस्थाको सक्रियतामा एक हप्ता अघिदेखि नै दैनिक सफाइ अभियान समेत चलिरहेको छ ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइ पनि महाशिवरात्रिका लागि वाग्मतीको पानी कञ्चन देखाउन केन्द्रित भएको छ । यस अवसरमा शनिबार सर्वेश्वर प्रतीक्षालय क्षेत्रमा विभिन्न विद्यालयका विद्यार्थीको समेत उत्साहजनक सहभागिता थियो ।
यसैगरी शनिबार उपत्यकाको रुद्रमती सफाइको छ वर्ष प्रवेशका अवसरमा विशेष कार्यक्रम आयोजना गरियो । कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाल, पूर्व मन्त्री एवं सांसद गगनकुमार थापा लगायत अभियानकर्मीले नदी सफाइका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो ।
मनोहरा सफाइको १५२ औँ हप्तामा बालकुमारी पुलमुनिको क्षेत्रमा सफाइ गरियो । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्रप्रसाद दँगालले जानकारी दिनुभयो ।
चक्रपथ पश्चिम खण्ड सफाइको १३२ औँ हप्तामा सीतापाइला चोक सोल्टीदोबाटो क्षेत्रमा सफाइ गरियो । सफाइमा उत्साहजनक सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयोे । सफाइबाट एक टन फोहर व्यवस्थापन गरिएको थियो ।
विष्णुमती, वाग्मतीको तिलगंगा र सुन्दरीघाट, चक्रपथको उत्तरी भेगमा पनि सफाइ गरिएको थियो । विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई उपत्यका लगायत देशभर १०६ स्थानमा सफाइ भइरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ७ : ३३ बजे