९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लेले बुरुञ्चुलीमा भयानक आगलागी


७ फाल्गुन २०७६, बुधबार  

0
Shares

 

लपु संवाददाता
७ फागुन ०७६,बुरुञ्चुली । लेले बुरुञ्चुली तीनदोवाटोका प्रेमबहादुर तामाङको घरहरुमा आगलागी भएको छ ।
विद्युत् सर्ट भएर आगलागी हुँदा ३ घर जलेर नष्ट भएको महानगरिय प्रहरी प्रभाग टिकाभैरवका प्रहरी जवान लिला बहादुर विकले जानकारी दिएका छन् ।
मिलबाट विजुली सर्ट भएर शुरु भएको आगलागी किराना पसल, चिया पसल रहेको टहरा र घरमा फैलिएको थियो ।रातको २ बजे लागेको आगो त्यस घरमा कोही पनि नबस्ने हुँदामानविय क्षति भने हुन पाएन ।
यस घरमा पहिले पनि आगलागी भएको बताइएको छ ।
आगो नियन्त्राणमा लिन ललितपुर पुल्चोकबाट पुगेको दमकल को सहायताबाट निभाइएको थियो , आगो नियन्त्रणमा लिन महानगरिय प्रहरी वृत्त चापागााए प्रहरी प्रभाग टिकाभैरवका प्रहरी र स्थानीयबासीले सहयोग गरेका थिए ।
आगलागीपछि गोठमा भएका ११ वटा बाख्रा र २२ वटा कुखुरा झिक्न सकिएन । आगलागीबाट २० मुरी मकै, ४÷४ मुरी गहु र कोदो जलेर नष्ट भयो ।
रु.२ लाख बराबरको मिल र ६लाख पचास हजारबराबरको पसलको सामानको क्षति भएको बताइए पनि क्षतिको विस्तृत विवरण आकलन भइ नसकेको महानगरिय प्रहरी बृत्त लेलेका प्रहरी नायव निरिक्षक कृष्ण थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ५ : ३४ बजे