८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


कवाडीखाना जस्तै ललितपुर विद्युत कार्यालय


११ फाल्गुन २०७६, आइतबार  

0
Shares

लगनखेलस्थित विद्युत प्राधिकरण जिल्ला शाखाको कार्यालयपरिसरमा राखिएका सरसामान । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
११ फागुन ०७६, लगनखेल । ललितपुर लगनखेलस्थित विद्युत् प्राधिकरण जिल्ला कार्यालय प्रवेश गर्ने वित्तिकै कवाडीखाना पुगेको भान हुन्छ । कार्यालयको आँगनमा विग्रेका ट्रान्समिटर,तार र पोललगायत विजुलीबत्तीमा सरसामान छरपस्ट छन् ।
बर्षैदेखि विग्रेका मक्केका ट्रान्समिटर अधिकाँश खिया लागेका र काम नलाग्ने जस्ता देखिन्छन् ।
ठाँउको अभावमा कार्यालय कार्यालय परिसरमा यी सामान छरपस्ट भएको विद्युत् प्राधिकरण ललितपुरका प्रमुख रामदुलार यादवले बताउनु भयो । ट्रान्सफर्मर बाहिरै राखिने भए पनि कतिपय सामान घाम र पानीका कारण विग्रने गरेको उहाँले बताउनु भयो ।
केही समयअघि नेपाल लगनखेलस्थित नेपाल आर्मीको जग्गामा सरसामान राखिएको थियो । त्यस जग्गामा आर्मीको अनुमति नपाएपछि अहिले त्याँहा नराखिएको प्रमुख दुलार यादवले नराखिएको बताउनु भयो ।
अहिले प्राधिकरणले सातदोवाटोस्थित नास्टको कम्पाउण्डमा भाडामा लिएर केही विद्युतका सामान राखिरहेको छ । प्राधिकरण ललितपुर प्रमुखका यादवका अनुसार यहाँ अस्थायी संरचना बनाएर सरसामान राख्ने योजना बनिरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ८ : ३७ बजे