६ पुस २०८१, शनिबार | Sat Dec 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


पशुपतिमा सझाइएको फूल चोरी


११ फाल्गुन २०७६, आइतबार  

0
Shares

ढोकामा राखिएको फूल निकाल्दै युवक ।

लपु संवाददाता
११ फागुन ०७६, गौशाला । भारतीय भक्तजनले शिवरात्रीको सन्र्दभमा पशुपतिनाथ परिसरमा निःशुल्क रुपमा सmभाएको फूल चोरी भएको छ ।


शुक्रबार साँझ फूलले झकिझकाउ भएको पशुपतिनाथ मन्दिर शनिबार बिहानसम्म धेरैजसो फूलहरु झिकिएको थियो । पशुपति क्षेत्र विकाश कोषका अनुसार रातरात पशुपति नाथ मन्दिरबाट फुल चोरिएको हो ।
मन्दिरपरिसरका मुख्य प्रवेश द्वार र गमलाबाट केही फूलहरु चोरिएपछि सmभाइएका ठाँउ नै कुरुप देखिएको छ ।
पशुपतिका फूल बाँदरबाट जोगाउन सकिए तर मान्छेबाट जोगाउन नसकिएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो ।


पशुपतिनाथलाई फूल सजाउन दुई करोड रकम खर्च गरिएको फूलहरु भारत, अष्ट्रेलिय र थाइल्याण्डबाट मगाइएको थियो ।


साता अघिदेखि फूल सझाउनका लागि १ सय पचास जना माली काठमाडौं आएका थिए । यस पल्ट झण्डै आधा दर्जन ट्रक फूल लिएर काठमाडौं आएका थिए ।
फूल चोरिरहेको दृश्य सामाजिक सञ्जालमा छरपस्ट भएको देख्न सकिन्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १० : २७ बजे