९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीमा जेष्ठ नागरिक स्याहार केन्द्रको शिलान्याश


२९ फाल्गुन २०७६, बिहिबार  

0
Shares

केन्द्रको जग पूजा गरेर शिलान्याश गर्दै सासंद पुन र गोदावरीका मेयर महर्जन ।

२९ फागुन ०७६, गोदावरी । ललितपुर गोदावरीस्थित राममन्दिर परिसरमा जेष्ठ नागरिका दिवा सेवा केन्द्रको शिलान्याश(जग पूजा) सम्पन्न भएको छ । प्रदेश सासंद लालकुमारी पुन तथा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले विहीबार विधिवत् रुपमा जग पूजा गरेका हुन् ।
दिवा सेवा केन्द्र निर्माणको पवित्र उद्देश्य राखेर गतफागुन २१ गतेबाट याहाँ श्रीमद भागवत महायज्ञबाट लगाइएको थियो । महायज्ञमा दिवा सेवा केन्द्र निर्माणका लागि उल्येख्य प्रतिवद्धता
आएको कारण जग पूजा गरिएको मुल आयोजक कमिटीका अध्यक्ष राज घिमिरेले बताउनु भयो ।
यस केन्द्र निर्माणका लागि ललितपुरका सासंद नवराज सिलवालले सासंद विकाश कोषबाट २५ लाख बजेट हाल्ने घोषणा गरिसक्नु भएको छ ।
दिवा सेवा केन्द्र निर्माणका लागि श्याम मुग्राती, रछाने मुग्राती, भाइराज बिसुन्खे लगायत ७ जनाले ६३ हजार बराबरको श्रम दानदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । गोेदावरी ५ का वडाध्यक्ष बिष्णु महर्जनले ३ टिपर रोडाको हुन आउने ९० हजार प्रदान गर्ने
स्थानीय गणेशबहादुर सिलवालबाट ५५ हजार पाचसय गोदावरी २ महादेवडाडाका स्थानीय राजाराम सिल्वाल र श्रीमती लक्ष्मी सिल्वालले रु.५१,१११, स्थानीय कृष्ण काजि बस्न्यातले नगद रु ७०,०००,शान्भी खत्री नानीले रु ६६६६ प्रदान गर्ने घोषणा गर्नु भएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ७ : ५२ बजे