९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रानीपोखरी पुनःनिर्माण गर्न विजुली चोरी, प्राधिकरणले लगायो जरिवाना


६ चैत्र २०७६, बिहिबार  

0
Shares


६ चैत्र ०७६, कठमाडौ ।  अनुमति नै नलिई ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणमा विद्युत प्रयोग भएको पाइएपछि नेपाल विद्युत प्राधिकरणले कारवाही गरेको छ । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रले रानीपोखरीको पुनःनिर्माण अनुमति नलिइ विद्युत लिइएको पाइएपछि जरिवाना गरेको हो ।
केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठका अनुसार, रत्नपार्क वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले रानीपोखरीको छेउबाट गएको वितरण लाइनबाट प्रत्यक्ष हुकिङ गरी पुनःनिर्माणमा बिजुली प्रयोग भइरहेको फेला पारेको हो ।
टोलीले विद्युत चोरी गरी प्रयोगमा ल्याएका पानी तान्ने मोटर, बत्तीत्तलगायतका उपकरण नियन्त्रणमा लिएको छ । रानीपोखरीको पुनःनिर्माण उपभोक्ता समितिबाट भइरहेको छ । स्थलगत अनुगमन प्रतिवेदन र एक वर्षको खपत विवरणलाई आधार मानी रु दुई लाख ९५ हजार ८९२ उपभोक्ता समितिबाट असुल गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिनुभयो । उहाँले प्रत्यक्ष हुकिङ गरेर रु एक लाख ४७ हजार ८२३ को विद्युत चोरी भएको पाइएको बताउनुभयो ।
प्राधिकरणले चोरी गरेको पाइएपछि शतप्रतिशत जरिवाना गर्दै लाइन काटिदिएको छ । यस्तै मूल्य अभिवृद्धिकरसहित रु दुई लाख ९५ हजार ८९२ बराबरको रकम असुल गर्ने तय गरिएको श्रेष्ठले बताउनुभयो । कारवाही पछि मिटर राखी विद्युत् जडान गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ८ : ०४ बजे