९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा बैंकमा पैसा झिक्ने घुइँचो, लाइन सडकसम्मै


९ चैत्र २०७६, आइतबार  

0
Shares


भक्तपुरको सूर्यविनायकस्थित राष्ट्रिय बाणिज्य बैंकमा आइतबार रकम झिक्न पुगेका सर्वसाधारणको भीड । तस्वीर ः रमेश गिरी/रासस

९ चैत्र ०७६, भक्तपुर । कोभिड—१९ को सङ्क्रमणबाट जोगिन सरकारले कुनै पनि ठाउँमा २५ जनाभन्दा बढी भीड जम्मा नगर्न निर्देशन दिए पनि भक्तपुरका सबै बैंकमा आज सर्वसाधारणको अत्यधिक भीड लागेको छ । राष्ट्रिय वाणिज्य बैंक सूर्य्विनायक शाखामा आज बिहान ९ बजेदेखि सर्वसाधारणको भीड लागेको थियो । एघार बजेसम्म कार्यालयभित्रको लाइन बढेर बाहिर सूर्य्विनायकको सडकसम्म पुगेको थियो ।

दशैँमा पनि यति भीड नहुने यो बैंकमा कोरोना भाइरसका कारण बैंक बन्द हुने हल्लाले पैसा झिक्न एकै पटक आउनाका कारण बैंकमा भीड बढेको बैंकका एक कर्मचारीले जानकारी दिनुभयो ।  बैंकका कर्मचारी कुमाले खत्रीका अनुसार सरकारले २५ जनाभन्दा बढी भीड नगर्नु भनेको अवस्थामा भित्र २५ जनालाई मात्रै प्रवेश गराउँदा बाहिर भीड बढेको हो । “हाम्रा सुरक्षा गार्डले मात्रै स्थिति सम्हाल्न नसकेपछि प्रहरीको मद्दत लिनुप¥यो, आजदेखि पेन्सन वितरण पनि शुरु भयो,” उहाँले भन्नुभयो, “पेन्सन झिक्न आउने र कोरोनाको हल्लाले पैसा झिक्न आउने आजै आउँदा बैंकमा भीड जम्मा भएको हो ।” बैंकभित्र भने २५ जनाभन्दा बढीलाई प्रवेश नदिएको बताउँदै उहाँले बाहिरको भीड कर्मचारीले रोक्न नसक्ने बताउनुभयो ।

बैंकको लाइनमा बस्नेहरु टाँसिएर बसेको र मास्कसमेत नलगाएका कारण कोरोनाको जोखिम बढेको बताउँदै लाइनमा पैसा झिक्न आएकी सूर्य्विनायक–८ सिपाडोलकी रमिला श्रेष्ठले बैंकमा दुईतीनवटा काउन्टरको व्यवस्था गरेर छिटोछरितो सेवा दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सूर्य्विनायककै प्रभु बैंकमा ११ बजेदेखि पैसा झिक्न आउनेको लाइन बढेको थियो । लाइन पाण्डुबजार अगाडिसम्म पुगेको थियो । बैंकका सुरक्षा गार्डले भित्र २५ जनाभन्दा बढी नपठाएका कारण लाइन धेरै बढेको बताउनुभयो ।

भक्तपुरका नेपाल बैंक, एनआइसी एशिया, सानिमा, माछापुच्छे्र«, मेघालगायत बैंकमा रकम झिक्नेको भीड लागेको थियो । प्रभु बैंकमा पैसा झिक्न लाइन बस्नेहरुमध्ये मध्यपुरथिमिका रमेश श्रेष्ठले कुनै पनि बेला ‘लक डाउन’ हुने डर, खाद्यान्न जोहो गर्नुपर्ने र आकस्मिक अवस्थामा चलाउनुपर्ने भएकाले रकम झिक्न लागेको बताउनुभयो ।

कोरोना भाइरसका कारण सरकारले उपत्यकालाई लक डाउन गर्न सक्ने र बैंकहरु बन्द हुन सक्ने भएकाले घरमै पैसाको जोहो गरेर राख्नका लागि रकम झिक्न जानेहरु एकैपटक आएकाले बैंकमा भीड भएको बैंकका कर्मचारीको भनाइ छ । बैंकमा आउनेहरु अधिकांशले कोरोनाको जोखिमका कारण बैंक पनि बन्द होला र सरकारले बाहिर निस्कन नदिएला भन्ने डरले घरमा केही पैसा जोहो गरेर राख्ने भन्दै आएको बताएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ९ : ३० बजे