९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोरोना सचेतना फैलाउदै ललितपुरको वागमती


१० चैत्र २०७६, सोमबार  

0
Shares


१० चैत्र ०७६, ललितपुर । विश्वव्यापी रूपमा फैलदै गएको कोरोना भाइरस रोकथामका लागि बागमती गाउँपालिकाले जनचेतनामूलक कार्यक्रम शुरु गर्ने गर्ने निर्णय गरेको छ । बिहिवार गाउँ कार्यपालिकाको बैठकले स्वास्थ्य संयोजकको नेतृत्वमा कोरोना भाइरस नियन्त्रण र रोकथाम सम्बन्धी कार्यक्रम गर्ने निर्णय गरेको हो ।
भाइरस रोकथामका लागि गाउँपालिकाले जनचेतनामूलक ब्रोसर निर्माण गरी प्रत्येक घर ÷घरमा वितरण गर्ने, स्थानीय वडा तहमा पुगी उक्त ब्रोसर नागरिकको हात–हातमा पुर्याउने निर्णय भएको बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो । उहाँका अनुसार विश्वव्यापी रूपमा फैलदै गएको कोरोना भाइरसलाई नियन्त्रण गर्न बागमती गाउँपालिकाले चेतनामूलक कार्यक्रम गर्न लागेको स्पष्ट पार्नुभयो । यसकालागि आवश्यक संयन्त्र अपनाइने समेत अध्यक्ष लोप्चनले बताए । उहाँले जनचेतनाका लागि बजेट आवश्यकत्ता अनुसार खर्च हुनेछ ।
बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवारज आचार्यले विश्वव्यापीरूपमा फैलदै गएको कोरोना भाइरस नियन्त्रणकालागि गाउँ कार्यपालिकाको बैठक बसि विविध सचेतनामूलक कार्यक्रम गर्न लागिएको बताए । गाउ पालिकाका उपाध्यक्ष रञ्जना घिमिरे (तिम्लिसीना) ले गाउँपालिकाका ७ वटै वडाका वडाध्यक्ष र गाउँ कार्यपालिका सदस्यले नेपालमा पनि कोरोना भाइसको संक्रमण फैलन नदिन खटिने जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १० : ५१ बजे