९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सिसडोलमा कोरोना परिक्षणको माग राखेर सडक बन्द


६ जेष्ठ २०७७, मंगलबार  

0
Shares

 

सिसडोल ल्याण्डफिल साइट ।

६ जेठ ०७७, काठमाडौं । ककनी गाँउपालीकाले सिसडोल आसपासका नागरिकको कोरोना परीक्षणको माग राख्दै उपत्यकाको फोहर लाननै रोक लगाएपछि कामपाले आज परिक्षण गरेको छ ।काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल स्यानिटरी ल्याण्डफिल साइटबाट फोहर प्रभावित क्षेत्रका ४७२ जना स्थानीयको आज कोरोना परीक्षण गरिएको हो ।

सिसडोलका स्थानीयले कारोना परीक्षणको माग राख्दै ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवतजावतमा रोक लगाएपछि कुनै पनि फोहरका गाडी सोमबार काठमाडौँ उपत्यकाबाट सिसडोल जान पाएका थिएनन् ।

काठमाडौँ महानगरपालिकाले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा परीक्षण गराइएको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिनुभयो । ल्याण्डफिल साइट नजिक रहेको स्वास्थ्य चौकीबाट ३२० र भवानी माविबाट १५२ गरी ४७२ जनाको परीक्षण गरिएको हो । यसमध्ये स्वास्थ्य चौकीमा १४० को आरडीटी र ५० को पीसीआर विधि र भवानी माविबाट १८० को आरडीटी र १०२ जनाको पीसीआर विधिबाट परीक्षण गराइएको थियो ।

वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका  अनुसार परीक्षणमा नुवाकोटको ककनी गाउँपालिका वडा १, २ र ३ बाट, धादिङको धुनिबेँसी नगरपालिकाको वडा १ र काठमाडौँको तारकेश्वर नगरपालिका वडा ३ बाट स्थानीय सहभागी हुनुहुन्थ्यो । परीक्षणको नतिजा भने भोलि आउने छ ।

कामपाले दुई वर्षको लागि भन्दै विगत १३ वर्षदेखि सिसडोलमा फोहर व्यवस्थापन गर्दै आएको हँुदा अब त्यहाँ  स्थानको पनि अभाव भइसकेको छ ।  हाल काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर सिसडोलमा विसर्जन हुँदै आएको छ । उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहर उत्पादन हुन्छ । –––

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ८ : २५ बजे