९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्याङ्गगाँउ कालेश्वर मन्दिरको साजसज्जा शुरु


७ जेष्ठ २०७७, बुधबार  

0
Shares

कालेश्व्र मन्दिर(आगाक्षे)को साजसज्जामा खट्टिएका स्थानीय युवाहरु । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
७ जेठ ०७७, प्याङ्गगाँउ ललितपुर । ललितपुर चापागाँउस्थित प्याङ्गगाँउ बस्तीमा कालेश्वर मन्दिर(आगाक्षे)को साजसज्जा शुरु गरिएको छ । चापागाँउको ऐतिहासिक सास्कृतिक तथा पर्यटकीय स्थल प्याङ्गगाँउका सम्पदालाई परम्परागत ढाचा दिए लागिएको कालेश्वर आगाक्षे मर्मत सुधार समितीका अध्यक्ष हरि महर्जनले बताउनु भयो ।
ललितपुर १ का सासंद नवराज सिलवालको संसद कोषको १० लाख बजेटबाट शुरु योजना स्थानीय श्रमदान र चन्दाबाट पुरा हुने भएको हो ।
यस कार्ययोजना अनुसार आगाक्षेको दुई तर्फको वालमा दाची इट्टा राखिनेछ । महर्जनले भन्नुभयो,यही बजेटमा तुना, मुठा र झुलर समेत राखिनेछ ।’
मन्दिर परिसरमा स्थानीय बासिन्दाले दिएको स्वच्छिक दानको विवरण समेत राखिएको छ । अनुगमन समितीका अध्यक्ष चक्र महर्जनका अनुसार कालेश्वर मन्दिरको साजसज्जा गरेको देखेर धेरैले चन्दा दिन आएका छन् । उहाँले भन्नुभयो, ‘निर्माण सामान समेत गरेर १ लाख पचास हजार चन्दा संकलन भएको छ ।’
मन्दिरको दलिन फेर्न गोदावरी नगरपालिकाले २ लाख विनियोजन गरेको महर्जन बताउनु हुन्छ । उहाँ भन्नुहन्छ,मन्दिरको साजसज्जा गर्न १० लाखले पुग्ने अवस्था थिएन । त्यसैले हामीले कर्मी बाहेक स्थानीय बासीहरुले २ सय जना बराबर श्रमदान गरेका छौं ।

कालेश्व्र महादेवको यस मन्दिरलाई प्याङ्गगाँउबासी आफ्नो कुलदेवताका रुपमा मान्छिन् । यस मन्दिरमा हरेक घरबाट एक जना मुली मात्रै प्रवेश गर्ने व्यवस्था छ । हरेक चैत्र पूणर््िामाका दिन स्थानीय प्याङ्गगाउले मेला भर्न दक्षिण ललितपुरको कालश्वर मन्दिरसम्म पुग्छन् ।
भुकप्पपछि प्याङ्गगाँउको पुराना संरचनाहरुको नष्ट हुँदा पर्यटकहरुको आर्कषण घट्दै गइरहेकोमा स्थानीय अगुवाहरुले चिन्ता व्यक्त गर्दै आइरहेका छन् । प्याङ्गगाँउको ऐतिहासिक संरचनालाई परम्परागत ढाचामा ढाल्दै संस्कृती बचाउन लागिएको स्थानीय चक्र महर्जनले बताउनु भयो ।
पछिल्लो समय प्याङ्गगाँउको मुर्त अमुर्त संस्कृती संरक्षणमा स्थानीय युवाहरु जुमुराएर लागेको प्याङ्गगाँउ संस्कृती संरक्षण युवा समाजका अध्यक्ष सम्पूर्ण महर्जन बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ,भर्खरै प्याङ्गगाँउ गेटको निर्माण भएको छ । प्याङ्गगाउ पोखरी बगैचा र महादेवको मूर्ति राख्ने योजना समेत शुरु गरिएको छ ।’
प्याङ्गगाँउमा रहेको पाटी ढलान गरेर निर्माण भएकोमा यसलाई पुरानो ढाचामा निमार्ण गर्ने योजना समेत बनाइरहेको महर्जनले बताउनु भयो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ९ : २४ बजे