१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका पत्रकार स्व.शर्माको स्मृतिमा पुरस्कार घोषणा


१९ जेष्ठ २०७७, सोमबार  

0
Shares

स्व. पकार गोविन्द शर्माा ।

१९ जेठ ०७७, ललितपुर । प्रेस सङ्गठन नेपाल, काठमाडौँ शाखाले एक वर्षअघि सवारी दुर्घटनामा ज्यान गुमाएका ललितपुरका स्व.पत्रकार गोविन्द शर्मा घिमिरेको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेको छ । गत २०७६ जेठ १९ गते ललितपुरको धोवीघाटमा स्कार्पियो गाडीले उहाँ सवार मोटरसाइकललाई ठक्कर दिँदा शर्मा र मोटरसाइकल चालक नुवाकोटका कलाकार चन्द्रमणि मुडभरीको मृत्यु भएको थियो ।
शाखाले आज शर्माको स्मृतिमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सङ्गठनका काठमाडौँ जिल्ला अध्यक्ष सागर पन्तले शर्माको स्मृतिमा एक अक्षय कोष खडा गरी युवा र क्रियाशील पत्रकारलाई वार्षिक रुपमा रु १० हजार राशीको पत्रकारिता पुरस्कार सञ्चालन गर्ने घोषणा गर्नुभयो । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाका अध्यक्ष शन्तराम विडारीले पनि शर्माको स्मृतिमा पुरस्कार स्थापना गर्ने बताउनुभयो ।


प्रेस सङ्गठनका केन्द्रीय संयोजक महेश्वर दाहालले शर्मा एक व्यावसायिक पत्रकार र युवा सङ्गठकसमेत रहेको बताउनुभयो । सङ्गठनका केन्द्रीय सहसंयोजक गणेश बस्नेतले विधागत पत्रकारिता क्षेत्रमा स्व.शर्माले देखाएको सक्रियतालाई स्मरण गरी आफूलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । सङ्गठनका नेता बलराम थापाले शर्मामा नेतृत्व, गतिशीलता र कुशल सञ्चारकर्मीको क्षमता रहेपनि अल्पायूमै जीवन गुमाउनुपरेकामा दुःख व्यक्त गर्नुभयो । सङ्गठनका बागमती प्रदेश इञ्चार्ज विश्वमणि सुवेदी, उपत्यका प्रदेश इञ्चार्ज सुरोजङ्ग पाण्डे, उपत्यका सहसंयोजक प्रकाश सिलवाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, पत्रकार भावना विद्रोहीलगायतले शर्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
तत्कालीन प्रेस सेन्टर नेपाल, काठमाडौँ शाखाका अध्यक्ष स्व.शर्मा कृषि टेलिभिजनका संस्थापक र नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) का अध्यक्षसमेत हुनुहुन्थ्यो । २०४१ वैशाख १० गते ललितपुरको दक्षिण ललितपुरको शंखुमा जन्मनुभएका उहाँ लोकदोहोरी कलाकारसमेत हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ७ : ५८ बजे