१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको विद्यालयमा नयाँ किताव वितरण


२ असार २०७७, मंगलबार  

0
Shares


२ असार ०७७, भट्टेडाँडा । मुलुकमा दिनानुदिन बढिरहेको कोभिड–१९ सङ्क्रमणको पर्वाह नगरी दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यहाँका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ । नयाँ शैक्षिकसत्रको अध्ययन तथा अध्यापनलाई जोड दिन वाग्मतीले यी किताव वितरण हो ।
वाग्मतीका कूल ४७ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण गर्ने काम सम्पन्न भइसकेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कुमार चौलागाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “भौगोलिक विकटताका कारण हाम्रो गाउँपालिकाभित्र इन्टरनेटको पहुँच एकदमै कम छ । बालविकास केन्द्र तहदेखि माध्यमिक तहसम्म अध्ययनरत करीब तीन हजार आठ सय सामुदायिक विद्यालयका बालबालिकालाई हामीले पुस्तक वितरण गरेका हाँै । यहाँ हालसम्म एउटा पनि निजी विद्यालय सञ्चालनमा आएका छैनन् ।”
घरघरमै बसेर विद्यार्थीले अध्ययनलाई निरन्तरता दिऊन् र बालबालिकाको शिक्षामा हालको स्थितिले बाधा नपुगोस् भन्ने गाउँपालिकाको ध्येय रहेको चौलागाईँले जानकारी दिनुभयो ।
सामाजिक सञ्जालको पहुँच कम
गाउँपालिकाका चारपाँच विद्यालयमा मात्र सामाजिक सञ्जालको पहुँच भएकाले हरेक विद्यार्थीलाई शिक्षामा जोड दिन ‘अभ्यास पुस्तिका’ नामक व्यावहारिक तथा समुदायमा आधारित पुस्तिका प्रकाशन गर्ने योजना बनाइएको शिक्षक चौलागाईँले बताउनुभयो । उहाँले थप्नुभयो, “गाउँपालिकाका हरेक विद्यार्थीको हातहातमा अबको १५ दिनभित्र सो पुस्तिका दिने निर्णय गरेका छाँै ।” हरेक बिद्यालयले लिने आवधिक परीक्षामा सो पुस्तकमा उल्लिखित केही प्रश्न पनि सोधिने चौलागाईँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : ०१ बजे