१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको झरुवारासीमा हिंसा पिडित महिला राख्ने भवनको शिलान्याश


३ असार २०७७, बुधबार  

0
Shares

शिलान्याश गर्दै मेयर महर्जन ।

३ असार ०७७, झरुवाराशी ललितपुर । गोदावरी नगरपालिका वडा नं १३ झरुवारासीमा सुरक्षित आवासगृह शिलान्यास भएको छ । गोदावरीमा हुन सक्ने हिंसापीडित महिलालाई ध्यानमा राखी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी र वडा नं १३ का वडाध्यक्ष भाष्कर थापाले आज संयुक्त रुपमा उक्त गृहको शिलान्यास गर्नुभयो ।
उपप्रमुख अधिकारीले विभिन्न कारणले हिंसामा परी कष्टकर जीवनयापन गर्न बाध्य महिलाका लागि उक्त गृह निर्माण गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार तीनतले छ कोठाको आवासगृहमा ३० पीडित महिला अट्ने छन् । यस वर्ष भवनको संरचना निर्माण र अर्काे वर्ष पूर्ण सम्पन्न गराउने योजना छ । सो गृहले शारीरिक तथा मानसिकलगायत विभिन्न हिंसामा परेका महिलालाई सुरक्षित बसोबास र जीवनयापनमा सहज पु¥याउने अधिकारीको भनाइ थियो ।
नेपाल सरकारको एक स्थानीय तह एक महिला सुरक्षित आवासगृह निर्माण गर्ने लक्ष्यानुरुप गोदावरीले सो भवनको प्रयोग गरी हिंसामा परेका महिलालाई विभिन्न सीपमूलक तालीम प्रदान गरी आत्मनिर्भर बनाउने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  १० : ४२ बजे