१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टोखाले ‘एक वडा, एक व्यायामशाला’ निर्माण गर्ने


५ असार २०७७, शुक्रबार  

0
Shares


५ असार ०७७, टोखा । टोखा नगरपालिकाले ‘एक वडा, एक व्यायाम शाला’ निर्माण गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले विश्वव्यापी रुपमा फैलँदै गएको कोभिड–१९ को तनावलाई मुक्त गर्न तथा नगरपालिकामा खेलकूद क्षेत्रको विकासका लागि व्यायामशाला निर्माण गर्न लागेको हो ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले कोभिड–१९ को तनावलाई कम गर्नका लागि युवा, महिला र बालबालिकालाई लक्षित गरेर व्यायामशाला निर्माण गर्न लागेको जानकारी दिनुभयो । “टोखाका सबै वडामा निर्माण हुने व्यायामशालामा ध्यान केन्द्र, योग केन्द्र, मेडिटेसन सेन्टर र विभिन्न किसिमका खेलकूद खेल्न मिल्ने स्थान रहनेछन्”, उहाँले भन्नुभयो । टोखाले व्यायामशाला निर्माणका लागि आगामी आर्थिक वर्ष २०७७र०७८ मा बजेट विनियोजन गर्ने भएको छ ।

टोखाका सबै वडामा निर्माण गरीने व्यायामशाला कुनै एक वर्ष र कुनै बहुवर्षीय योजनामा सम्पन्न गरिने लक्ष्य राखिएको नगरप्रमुख अधिकारीले बताउनुभयो । यस्तै, टोखाले आगामी आर्थिक वर्ष २०७७र०७८ मा शिक्षा, स्वास्थ्य, खेलकूद र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने भएको छ ।

आव २०७६र०७७ मा रु एक अर्ब ४० करोडको बजेट प्रस्तुत गरेको टोखाले आव २०७७र०७८ मा रु एक अर्ब ५० करोडभन्दा बढीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । यस्तै, टोखाले कोभिड–१९ को महामारीलाई ध्यानमा राखेर आगामी आव २०७७र०७८ मा प्राथमिक स्वास्थ्य केन्द्र टोखामा दुई श्ययाको सुविधासम्पन्न आइसोलेसन निर्माण गर्नसमेत लागेको छ । उक्त सुविधासम्पन्न आइसोलेसन निर्माणका लागि आगामी आवको नीति तथा कार्यक्रममा बजेट विनियोजन गर्ने नगरप्रमुख अधिकारीको भनाइ छ । आइसोलेसन स्थापनासँगै कोरोना रोगको उपचारमा थप सहयोग पुग्ने विश्वास टोखा नगरपालिकाले लिएको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ९ : ३४ बजे