१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेमा ६२ प्रतिशत घर भूकम्प प्रतिरोधी


१६ असार २०७७, मंगलबार  

0
Shares

१६ असार ०७७,  काभ्रेपलाञ्चोक । भूकम्प गएको पाँच वर्षमा काभ्रेपलाञ्चोक जिल्लामा ६२ प्रतिशत घरहरु भूकम्प प्रतिरोधी बनेको जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकले जनाएको छ । सो क्रममा जिल्लाको ७७ हजारभन्दा बढी परिवार बैंकिङ प्रणालीमा आबद्ध भइसकेको र चार हजारभन्दा माथि दक्ष सिकर्मी÷डकर्मीलाई तालिम प्रदान गरेर भूकम्प प्रतिरोधी घर निर्माणको काममा लाग्न सक्षम बनाइएको जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकका प्रमुख शिवप्रसाद लम्सालले बताउनुभयो । यसबाट भविष्यमा हुने यस्तै प्राकृतिक प्रकोपको सामना गर्नका लागि बलियो आधार तयार भएको उहाँको भनाइ छ । अहिलेसम्म आइपुग्दा पुनःनिर्माणका लागि स्वदेशमा नै रहेका विविध क्षेत्रका दक्ष जनशक्तिहरुको व्यापक परिचालन गर्न सफल भएको उहाँले बताउनुभयो ।

काभ्रेपलाञ्चोकमा भूकम्प लाभग्राहीको सङ्ख्या ८४ हजार ५७० रहेकामा ९१ प्रतिशत (७७ हजार २०५) लाभग्राहीले पहिलो किस्ता लिएका छन् । त्यस्तै ७३ प्रतिशत (६२ हजार १८८) लाभग्राहीले दोस्रो किस्ता र ५२ प्रतिशत (५२ हजार ७०५) लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । पुनःनिर्माणको अवस्था शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी प्रगति भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले जनाएको छ । अहिले पनि पहिलो किस्ता नलिने, पहिलो किस्ता लिएर दोस्रो किस्ता नलिने र दोस्रो किस्ता लिएर लामो समयसम्म तेस्रो किस्ता नलिने लाभग्राही धेरै रहेका कार्यालयले जनाएको छ । समयमै भूकम्प प्रतिरोधी घर निर्माण गर्न नसक्नुमा क्षतिग्रस्त भनिएका घरहरु लाभग्राहीले नभत्काइदिनाले सुरक्षित बस्ती निर्माण हुन नसकेको र सुव्यवस्थित पनि नदेखिएको आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

त्यसरी पुनःनिर्माण सम्पन्न भए पनि समस्याहरु रहेको आयोजना कार्यान्वनय एकाइ प्रमुख लम्सालको भनाइ छ । बनाइएका घरहरु सानो भएको भनी बासस्थानका रूपमा प्रयोग नगर्ने गरिएको, भूकम्प प्रतिरोधी घर मापदण्डानुसार निर्माण गर्दा परम्परागत बस्ती लोप भएको, बैंक तथा वित्तीय संस्थाबाट सहुलियत ऋण पूर्णरूपमा उपलब्ध नगराएको र शहरी क्षेत्रमा घर निर्माणका लागि रु तीन लाख थोरै हुनेलगायतका समस्याले गर्दा पुनःनिर्माणको काम प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको पाइएको उहाँले बताउनुभयो ।

चार हजार टिमुरको बिरुवा रोपियो

पनौती नगरपालिका–१० सल्मिटारमा रहेको ‘सल्मिटार सामुदायिक वन उपभोक्ता समूह’ले आफ्नो समूहभित्र रहेको वनमा चार हजार टिमुरको बिरुवा रोपेको छ । वन उपभोक्ता समूहका अध्यक्ष ज्ञानबहादुर लामाले डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकको सहयोग, इलाका वन कार्यालयको समन्वय र वन समूहको अगुवाइमा तीन दिन श्रमदान गरी बिरुवा रोपेको बताउनुभयो । “वन समूहले वन व्यवस्थापनको कामअन्तर्गत झाडीहरुको सुधार गरी टिमुरको बिरुवा रोप्ने काम शनिबारबाट शुरु भई सोमबार सम्पन्न भएको हो”, समूहका अध्यक्ष लामाले भन्नुभयो । वनमा टिमुर रोपेपछि त्यसबाट आर्थिक लाभ लिन सकिने भएकाले महिला सशक्तीकरण र गरिबी न्यूनीकरणमा टेवा पुग्ने भएकाले टिमुरका बिरुवा रोपेको उहाँले बताउनुभयो ।
–––

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ९ : ३४ बजे