१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


तेश्रो पल्ट रोकियो मच्छिन्द्रनाथको रथारोहण


८ श्रावण २०७७, बिहिबार  

0
Shares

निमाृणाधिन रातो मच्छिन्द्रनाथको रथ । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
८ साउन ०७७, ललितपुर । रातो मच्छिन्द्रनाथको रथारोहण तेश्रोपल्ट रोकिएको छ । गतचैत्र ६ गते ललितपुरको लगनखेलमा रातो मच्छिन्द्रनाथको महास्नान गरिएसँगै शुरु भएको जात्रा कोरोना महामारीका कारण चैत्र २४ गते तेकिएको रथारोहणको साइत गुज्रेको थियो । त्यसपछिको २ वटा साइत निकालेर रथारोहण गर्ने योजना बनाइएको भए पनि दुवै स्थागित गरिएको छ ।

केही दिन अघि मच्छिन्द्र वहालमा टाँस गरिएको सूचना ।

गतअसार २० गतेबाट लकडाउन खुकुलो भएसँगै असार २४ गते रथारोहणको साइत निकालेर सूचना टाँस गरिएको भए पनि प्रशासनले अनुमती नदिदा रथारोहण रोकिएको थियो ।
तेश्रोपल्ट केही दिनअघि साउन १० गते नयाँ साइत निकालिएको थियो । गुठी संस्थान ललितपुरले त्यस दिन अपरान्ह १२ः०५ देखि १२ः २२ सम्मको समय उत्तम रहेको उल्येख गरेर रथारोहण गराउन गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुको हस्ताक्षरित पत्र वाराही समुदायका रथ निर्माणको जिम्मेवारी पाएका नाइके दिलकुमार वाराहीलाई पत्र काटिएको थियो ।
तर उनै भुजुको हस्ताक्षर गरिएको अर्को पत्रमार्फत कोरोना संक्रमणको त्रास रहेको भन्दै रथारोहण स्थगित गरिएको छ ।

गुठी स्स्थान ललितपुर रथारोहण गर्न काटेको पत्र ।

पत्रमा उल्येख भए अनुसार फेरि अर्को साइत निकालेर जात्रा सुचारु ग्र्ने उल्येख छ ।
रातो मच्छिन्द्रनाथको जात्रा संचालन गर्ने आधिकारिक सरकारी अड्डाको अस्वभाविक व्यावहारका कारण शताव्दीऔ पुरानो ऐतिहासिक पुरातात्विक महत्व बोकेको जात्रा अन्यौंलमा परेको भन्दै पाटनबासीले असन्तिष्टि व्यक्त गरिरहेका छन्ं ।

गुठी स्स्थान ललितपुरले रथारोहण स्थगित गरिएको पत्र ।

लकडाउनअघि नै ललितपुर लगनखेलमा रातो मच्छिन्द्रनाथको महास्थान सम्पन्न भइसकेको छ । लक डाउनका कारण रथारोहण रोकिएपछि मच्छिन्द्र वहालस्थित पाटीमा पुर्व फर्काएर मन्चिन्द्रनाथको मूर्ति सारिएको छ ।
मच्छिन्द्रनाथ र मीननाथको रथ केही दिन अघि पुल्चोक र मंगलबजारमा निर्माण सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ८ : १४ बजे