१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेयर महर्जनले भने–‘मच्छिन्द्रनाथको रथारोहण साउन १० गते’


९ श्रावण २०७७, शुक्रबार  

0
Shares

निमाृणाधिन रातो मच्छिन्द्रनाथको रथ । तस्विर ः ललितपुर खबर

८श्रावण, ०७७, ललितपुर । कोरोना माहामारीका कारण पटक पटक स्थगित रातो मच्छिन्द्रनाथको रथारोहण अन्नतः साउन १० गते नै गर्ने ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले बताएका छन् ।
विहीबार ललितपुर महानगरपालिकामा मच्छिन्द्रनाथ रथयात्राका सरोकारवालाहरुसँगको छलफलपछि मेयर चीरीवावु महर्जनले साउन १० गतेको साइतमै मच्छिन्द्रनाथको रथारोहण गर्ने घोषणा गरेका हुन् ।
विहीबार दिउँसो ललितपुर जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित जात्राका सरोकारवालाहरुको डेलेगेशनलाई प्रशासकिय अधिकृत नारायण प्रसाद भट्टले गर्नुभएको सम्बोधनका आधारमा ललितपुर महानगरपालिका प्रमुखको समुपस्थितिमा जात्रा संचालन तथा ब्यवस्थापनका सरोकारवाला गुठी संस्थान ललितपुरका प्रमुख राजन भूजू, ज्यापू समाजका अध्यक्ष, ज्योतिष, पूजाबिधी लगायतका प्रमुख सरोकारवालाहरु, सांस्कृतिक अभियन्ता लगायत संचारकर्मीबीच बैठक गरिएको हो ।
उक्त बैठकको निष्कर्ष स्वरूप श्रावण १० गते रथारोहणको निर्णयसँगै मेयर चिरिबाबु महर्जनले गूठी संस्थायत लगायत सम्बन्धित सरोकारवालाहरुको प्रतिनिधित्वसहित शुक्रबार बिहान प्रमुख जिल्ला प्रशासन अधिकारीको कार्यालयमा सो निर्णयबारे जानकारीसंगै जात्रा संचालन तथा ब्यवस्थापन सम्बन्धि आ–आफ्नो योजना पनि लिएर आउन अनुरोध गरेका छन ।
यस अघि गतचैत्र ६ गते ललितपुरको लगनखेलमा रातो मच्छिन्द्रनाथको महास्नान गरिएसँगै शुरु भएको जात्रा कोरोना महामारीका कारण चैत्र २४ गते तेकिएको रथारोहणको साइत गुज्रेको थियो । त्यसपछिको २ वटा साइत निकालेर रथारोहण गर्ने योजना बनाइएको भए पनि दुवै स्थागित गरिएको थियो ।
गतअसार २० गतेबाट लकडाउन खुकुलो भएसँगै असार २४ गते रथारोहणको साइत निकालेर सूचना टाँस गरिएको भए पनि प्रशासनले अनुमति नदिंदा रथारोहण रोकिएको थियो । तेश्रोपल्ट श्रावण ६ गतेको मितिमा श्रावण १० गते नयाँ साइत अपरान्ह १२ः०५ देखि १२ः २२ सम्मको समय उत्तम रहेको उल्लेख गरेर गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुको हस्ताक्षरित रथारोहण गराउन पत्र सार्वजनिक भएको थियो । श्रावण ७गते हस्ताक्षर रहेको उनैको दोश्रो पत्रमार्फत कोरोना संक्रमणको त्रास रहेको भन्दै रथारोहण स्थगित गरिएको पत्र सार्वजनिक भएपछि विवाद चुलिएको थियो ।

जात्रा संचालनबारे सम्बन्धित सरकारी निकायको अन्यौलपूर्ण निर्णयका कारण पुरातात्विक एवं सामाजिक सद्भाव एकताको महत्व बोक्ने जात्रा अन्यौंलमा परेको भन्दै पाटनबासीले असन्तुष्टी व्यक्त गरिरहेका छन् ।
लकडाउनअघि नै ललितपुर लगनखेलमा रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न भइसकेको छ भने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनका अनुसार सबै सरोकारवालाहरुको बैठक र सल्लाह बमोजिम जिल्ला प्रशासनलाई जानकार गराई रथको परम्परागत निर्माण गरिएको हो । उहाँले समाज जात्रा संचालनकै पक्षमा रहेपनि हालको कोरोना महामारी समस्याका कारण सुरक्षा र प्रशासनको अनुमतिमै अगाडि बढनुपर्ने बताएका थिए ।
लकडाउनका कारण रथारोहण रोकिएपछि मच्छिन्द्र वहालस्थित पाटीमा पुर्व फर्काएर मन्चिन्द्रनाथको मूर्ति सारिएको छ । मच्छिन्द्रनाथ र मीननाथको रथ केही दिन अघि पुल्चोक र टंगस्हिटी अगाडी निर्माण सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ९ : ०३ बजे